default_image

2 years ago

August 23, 2023

सिग्देल गण्डकीको अध्यक्षमा निर्वाचित

837 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जय कान्त सिग्देल गण्डकी प्रादेशिक क्रिकेट संघको क्रिकेट अध्यक्षमा निर्वाचित भएका छन् । सिंग्देलसहित १२ सदस्य समिति गण्डकीले सर्वसम्मत रुपमा निर्वाचन गरेको छ ।

त्यस्तै प्रकाश पौडेल उपाध्यक्ष, ग्रेट हिमालय क्रिकेट एकेडेमीका सञ्चालक समेत रहेका सुमनराज कार्की सचिव र पूर्व क्रिकेटर दीवाकर थापा कोषाध्यक्षमा निर्वाचित भएका छन् । द्रवेन्द्र प्रजु, ऋषिराम गौतम, फणिन्द्र बहादुर खड्का, धामनाथ सापकोटा, रेशम बहादुर केसी, विध्यादेवी भट्टाई, भोजराज बराल र सन्तोष शर्मा सदस्यमा निर्वाचित भएका छन् ।

योसँगै तीन प्रादेशिक चुनाव सम्पन्न भएको छ । सुदूरपश्चिमबाट बाशुदेव जोशी र कोशीबाट सर्वजित पाण्डे विजयी भएका थिए । अव अन्य चार प्रदेशको चुनाव हुँदैछ । बागमती प्रदेशमा नेपालका पूर्वकप्तान पारस खड्का अध्यक्षमा उठ्नेछन् ।

क्यानको सदस्यता प्राप्त ४५ जिल्लाको चुनाव सकिएपछि प्रदेश सुरु भएको छ । आगमी दुई साताभित्र बाँकी चार प्रदेशको पनि सकिनेछ । त्यसपछि केन्द्रको चुनाव हुनेछ । केन्द्रमा कुल ८६ भोट हुनेछ । केन्द्रिय चुनावमा ४५ जिल्ला, ७ प्रादेशिक क्रिकेट संघ, अम्पायर र स्कोरर संघ तथा प्रशिक्षक संघ र वर्तमान कार्यसमितिले मतदान गर्ने प्रक्रिया रहेको छ ।

क्रिकेट संघमा १७ कार्यसमिति सदस्य रहेपनि हाल उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामासँगै १५ सदस्यले मात्र केन्दीय चुनावमा मतदान गर्नेछन् । क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.