2 years ago
August 25, 2023
एजेन्सी – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियाविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेकोछ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।

नेपालकी उपकप्तान इन्दु बर्मा २३ बलमा १३ रनमा क्रिजमा छिन् । उनलाई सीता रानामगरले १२ बलमा ९ रनमा साथ दिएकी छिन् ।
वर्षाको कारण खेल केहि समय प्रभावित हुँदा १८-१८ ओभरको हुनेछ । ओपनर पुजा महतो भने पहिलो ओभरको पाँचौं बलमा ऐना हामिजाह हासिमको बलमा एक रनमा एलबीडब्लू आउट भइन् । काजोल श्रेष्ठ २१ बलमा १ चौकासहित १८ रनमा आउट भइन् ।
नेपालले सुरुवाती ६० बलमा बाउन्ड्रीको रुपमा एकमात्रै चौका प्रहार गरेको छ । कुवेतविरुद्ध नेपाल ६० बलसम्म बाउन्ड्री विहीन थियो ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किदा ईश्वरी विष्ट बेन्चमा बसेकी छिन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ । हङकङ ३ खेलमा४ अंकका साथ दोस्रो स्थानमाछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ र अश्मिना कर्माचार्य र खुशी डंगोल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]