2 years ago
August 25, 2023
एजेन्सी – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियालाई ८५ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो ।

वर्षाको कारण खेल प्रभावित हुँदा दुई दुई ओभर खेल घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो । नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले २६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रनको योगदान दिइन् ।
ओपनर पुजा महतो भने पहिलो ओभरको पाँचौं बलमा ऐना हामिजाह हासिमको बलमा एक रनमा एलबीडब्लू आउट भएकी थिइन् । काजोल श्रेष्ठ २१ बलमा १ चौकासहित १८ रनमा आउट भइन् ।
अनुभवी ओपनर सीता रानामगर १३ बलमा ९ रन बनाउँदै आउट भइन् । सीता नुर दानैया स्युहदा सामादको बलमा मास एलिसा यासमिनबाट क्याच आउट भइन् ।
इन्दु बर्मा ३३ बलमा २० रन बनाउँदै आउट भइन् । कविता जोशी ४ रनमा नट आउट रहिन् । कविता कुँवर १ र समझना खड्का २ रनमा आउट भइन् । नेपालले ओपनर विन्दु रावललाई नौं नम्बरमा ब्याटिङ गराएको थियो । उनी १ रनमा अविजित रहिन् ।
मलेसियाकी ऐना हामिजाह हाशिमले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । नुर दानैआ सामादले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती इस्माइलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । यस खेलमा नेपाल विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा भरपर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]