2 years ago
August 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल चार देशसम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएपनि फाइनलमा पुगेको छ । नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा मलेसिया जितका बाबजुद बाहिरिनु परेको छ ।

जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ऐना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् ।
मलेसियाले ओपनर वान जुलिया वान मोहम्मद रशिदलाई ८ र तेस्रो नम्बरकी ब्याटर तथा कप्तान मास एलिसालाई २ रनमै गुमाएको थियो ।
तर तेस्रो विकेटका लागि हाशिम र महिराह इजाती इस्माइलले ४३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । महिराहले २४ बलमा १ चौकासहित २१ रन बनाइन् । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।
उक्त योगफल घरेलु टोली मलेसियाको ब्याटिङ सामु जित निकाल्न पर्याप्त थिएन । वर्षाको कारण खेल प्रभावित हुँदा दुई दुई ओभर खेल घटाइएको थियो । त्यसैले डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो ।
नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले २६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रनको योगदान दिइन् । सुस्त ब्याटिङ र भद्रगोल ब्याटिङक्रमका कारण नेपाल पराजित हुन पुगेको हो ।
ओपनर पुजा महतो भने पहिलो ओभरको पाँचौं बलमा ऐना हामिजाह हासिमको बलमा एक रनमा एलबीडब्लू आउट भएकी थिइन् । काजोल श्रेष्ठ २१ बलमा १ चौकासहित १८ रनमा आउट भइन् । अनुभवी ओपनर सीता रानामगर १३ बलमा ९ रन बनाउँदै आउट भइन् । सीता नुर दानैया स्युहदा सामादको बलमा मास एलिसा यासमिनबाट क्याच आउट भइन् ।

इन्दु बर्मा ३३ बलमा २० रन बनाउँदै आउट भइन् । कविता जोशी ४ रनमा नट आउट रहिन् । कविता कुँवर १ र समझना खड्का २ रनमा आउट भइन् । नेपालले ओपनर विन्दु रावललाई नौं नम्बरमा ब्याटिङ गराएको थियो । उनी १ रनमा अविजित रहिन् ।
मलेसियाकी ऐना हामिजाह हाशिमले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । नुर दानैआ सामादले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती इस्माइलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो । नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ रह्यो । मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७१ रह्यो । फाइनल शनिबार हुनेछ ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]