4 weeks ago
August 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल हङकङसँग खेल्ने भएको छ । नेपाल र हङकङबीचको फाइनल शनिबार हुनेछ । नेपाल अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । हङकङले मलेसियालाई नेटरनरेटले पछिपार्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपाल […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल हङकङसँग खेल्ने भएको छ । नेपाल र हङकङबीचको फाइनल शनिबार हुनेछ ।
नेपाल अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।
हङकङले मलेसियालाई नेटरनरेटले पछिपार्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रह्यो । नेपालको नेटरनरेट ०.८५३ रह्यो । नेपालले कुवेतलाई ३४ रन र हङकङलाई ६ विकेटले हराएको थियो ।
हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । हङकङको नेटरनरेट ०.१९२ रह्यो । हङकङले कुवेतलाई १६ रन र मलेसियालाई १० विकेटले हराएको थियो ।
मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक नै भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रहेर फाइनल खेल्न सकेन । मलेसियाको नेटरनरेट ०.००७ रह्यो । कुवेत भने ३ खेलमा तीनै मा हारका साथ अंक बिहीन हुँदै पुछारमा रहेर बाहिरियो । तेस्रो स्थानको लागि शनिबार मलेसिया र कवेतबीच प्रतिस्पर्धा हुनेछ ।
आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि तयारीको लागि यी चार देशले सिरिज खेलेका हुन् । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।
समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो ब्याचका खेलाडीलाई सम्मानित गरेको छ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्ने नेपालका पहिलो ब्याचका सबै खेलाडी र प्रशिक्षकलाई क्यानले सम्मानित गरेको हो । क्यानको केन्द्रिय साधारण सभा तथा अधिवेशनको क्रममा उनीहरुलाई सम्मान गरेको हो । कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले खेलाडीहरुलाई […]
September 22, 2023
एजेन्सी – पाकिस्तानले बाबर आजमको कप्तानीमा तीन सातापछि भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । एसिया कपबाट पाकिस्तानले टोलीमा दुई परिवर्तन गरेको छ । पाकिस्तानले घाइते नसिम शाहको स्थानमा अर्का तीव्र गतिका बलर हसन अलीलाई मौका दिएको छ । त्यस्तै फहिम अशरफको स्थानमा स्पिनर उस्मा मिरलाई मौका दिएको छ । […]
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । विनयले हाम्रो खेलकुदसँग कुरा गर्दै वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकोविरुद्धमा लड्ने घोषणा गरेका छन् । ‘म क्यानको अध्यक्षमा लड्दैछु । चन्दविरुद्ध रुष्ट साथीहरुले मलाई उठ्नुस भनेका छन् । चन्दको कार्यशैली मन नपरेका २४, २५ जान साथीहरुले […]