default_image

2 years ago

August 25, 2023

बागमतीको अध्यक्षमा पारसलाई बहुमत दिने प्रतिवद्धता

4212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्कालाई अर्को साता हुने बागमती प्रादेशिक क्रिकेट संघको निर्वाचनमा बहुमत सदस्यले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै पारसले आफू बागमती प्रदेशको अध्यक्षमा उठ्ने औपचारिक रुपमा घोषणा गरेका हुन् । अनौपचारिक रुपमा पारसले यसअघिनै जानकारी दिएका थिए ।

बागमतीको चुनाव आगमी भदौं १५ गते हुँदैछ । बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका थिए । बागमतीका बाँकी दुई जिल्ला नुवाकोट र चितवन भने पत्रकार सम्मेलनमा सहभागी थिएनन् ।

पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर घले, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ थिए । पारसले काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यता प्राप्त गर्दै बागमती प्रदेशको चुनाव लड्न लागेका हुन् ।

पारस अध्यक्षमा उठ्दा उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने घोषणा गरेका छन् । ९ सदस्यमा आपसी समझदारीमा हुने जानकारी दिएका छन् । पारसलाई अध्यक्ष पदमा उठ्न बागमती प्रादेशिक संघका वर्तमान कार्यसमितिका १३ मध्य ७ जनाले सहमती जनाएका छन् ।

बागमती प्रदेशका अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ सदस्यले पारसलाई अध्यक्षको लागि साथ दिने भएका हुन् । बागमती प्रदेशमा ६ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरि कुल ३७ भोट हुनेछ । हरेक जिल्लाबाट चार प्रतिनिधिले प्रदेशमा मतदान गर्न पाउने छन् । प्रतिवद्धता अनुसार पारसले ३७ मध्य २३ मत प्राप्त गर्ने समिकरण बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र तीन प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव बाँकी चार प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।

कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए । क्यानको केन्द्रिय चुनावमा कुला ८६ भोट छ । अध्यक्ष जित्न ४४ भोट आवश्यक पर्दछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.