default_image

2 years ago

August 25, 2023

‘मेरो लक्ष्य नेपाली क्रिकेटको विकास हो’ – पारस खड्का

1361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले आफ्नो लक्ष्य सबै पक्षलाई एक ठाउँमा ल्याउँदै क्रिकेट विकास गर्ने रहेको बताएका छन् । भदौ १५ गते हुने बागमती प्रदेशको चुनावमा पारसले आफू अध्यक्षमा लड्ने बताएका छन् ।

पारसलाई बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले समर्थन गर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर घले, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठले पारसलाई साथ दिने बताएका थिए । पारसले बागमती प्रदेशलाई उदाहरणीय बनाउने बताएका छन् ।

बागमतीमा कुल ३७ मत रहनेछ । हरेक जिल्लाबाट चार चार प्रतिनिधि र वर्तमान बागमती प्रादेशिक संघको १३ सदस्य कार्यसमिति गरि कुल ३७ मत रहनेछ । पारसलाई चार जिल्लाबाट १६ र बागमती प्रदेशको कार्य समितिबाट ७ गरि २३ मत दिने प्रतिवद्धता आई सकेको छ । यदि विश्वासघात नभए पारसले बागमतीको अध्यक्ष जित्ने पक्कापक्की देखिन्छ ।

‘मैले बारम्बार भन्दै आएको यदि म क्यानको कुनै अंग हुन्छु भने मेरो एउटै लक्ष्य सबै पक्षलाई एक ठाउँमा ल्याउनेछ । क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने हो । आर्थिक स्रोत जुटाउनमा मैले ठूलो भूमिका खेल्न सक्छु । जिल्ला र प्रदेशको प्रतिनिधिहरु हुनुन्छ । नेपाली क्रिकेटका जति पनि दाँवधारी हुनुन्छ । वहाँहरुलाई एक ठाउँमा लिएर काम गर्छु’, पारसले भने ।

त्यसैमा थपे, ‘विगतमा कस्ले के गर्यो हामीलाई थाहा छैन । आगमी गन्तव्य भनेको नेपाली क्रिकेटको विकास हो । त्यो विकासको लागि पारस खड्का मात्रै अध्यक्ष वा कोषाध्यक्ष भएर हुँदैन । नेपाली क्रिकेट अघि बढ्नुछ भने हरेक ब्यक्ति र सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्छ । मेरो लक्ष्य भनेको जसरी नेपाली राष्ट्रिय क्रिकेट टोलीको वाहवाही भएको छ । त्यसरी नै अवको दुई तीन वर्षमा क्यानको वाहवाही हुनेछ ।’

पारसले बागमती प्रदेशमा आफू अध्यक्ष यदि बनेमा सुशासन, आर्थिक पार्दशिता, घरेलु क्रिकेट र संरचनामा सुधार गर्ने बताएका छन् । बागमतीको महिला क्रिकेटलाई पारसले विशेष प्राथमिकतामा राख्ने जनाएका छन् । पारसले बागमती प्रदेशको पुरुषतर्फ बागमती इलिट ट्रफी टु डे, बागमती च्यालेन्जर्स ट्रफी एकदिवसीय, राष्ट्रिय स्तरको टि२० फ्रेन्चाइज लिग, बागमती प्रदेश आमन्त्रिण सिरिज र विदेशमा अभ्यास गर्ने बताएका छन् ।

बागमती यू१९ च्याम्पियनपसिप गर्ने जनाएका छन् । यू१९ महिला क्रिकेटतर्फ पारसले बागमती महिला प्रो ४० लिग, बागमती वुमन्स इलिट ट्रफी टि२०, बागमती प्रदेश आमन्त्रिण सिरिज (विदेशी) सिरिज गर्ने योजना बनाएका छन् । त्यस्तै बागमती जुनियर ट्रफी च्याम्पियनसिप ६ जिल्ला र ट्यालेन्ट हन्ट गर्ने जनाएका छन् ।

मैदानतर्फ पारसले काठमाडौंमा तल्लोमुलमानी, भक्तपुरमा सैनिक ग्राउन्ड, पुल्चोक ग्राउन्ड, चितवनमा गौतम बुद्ध इन्टरनेशल र मकवानपुरमा गौरिटार ग्राउन्ड बनाउने बताए । नुवाकोटमा भने मैदानको अभाव रहँदा राम्रो ठाउँको खोजी गर्ने बताए ।

पारसले हरेक जिल्लालाई आफूहरुले कार्यक्रम र योजना दिने बताए । त्यसै अनुसार काम गर्ने जिल्लाको वर्गीकरण समेत हुने जनाएका छन् । बागमती प्रदेशका खेलाडीलाई मासिक ग्रेडिङमा राख्दै मासिक तलब दिने योजना रहेको बताए । समग्रमा देशकै उदाहरणीय प्रदेश बनाउने बताए ।

‘म प्रति देखाएको आशालाई म जसरी हुन्छ विश्वासलाई कायम राख्न प्रयास गर्नेछु । पहिलो प्राथमिकता बागमती हो । आर्थिक कुरामा सबै जोडिएको छ । आन्तरिक रुपमा हामीले घोषणा छौं । १५ गते चुनाव जित्न सक्यौं भने कसैलाई तल र माथि राख्न आएका होईनौं । कागजी रुपमा जसले पनि लेख्न सक्छ । भोली चुनाव जितौला वा हारौला । नेपाली क्रिकेटलाई यो संरचना भन्दा राम्रो तरिकाले अघि बढाउ भनेर आएका हौं’, उनले भने ।

पारसले केन्द्रको चुनाव बागमतीपछि मात्रै सोच्ने पुन दोहोराए । ‘प्रदेशमा चुनाव लड्न कुराकानी गरेका छौं । एक एक जिल्लाबाट प्रतिनिधिहरु आउँछन् । एक एक ठाउँमा बसेर कुराकानी गछौं । अहिलेको ध्यान भनेको एक भएर अघि बढ्ने हो । यदि राम्रो मान्छे र क्रिकेटमा केहि गरौं भने सोच भएका प्रतिनिधि आएमा केन्द्रले पनि राम्रो कार्यसमिति पाउने सम्भावना छ । बागमतीको चुनावपछि बसेर छलफल गर्ने छौं’, उनले भने ।

बागमती प्रदेश विकास गर्न आफूहरुले क्यानबाट केहि आशा नगर्ने बताएका छन् । क्यानले दिने आर्थिक सहयोग आफूहरुको लागि एउटा बोनस मात्रै हुने बताए । ‘हामी आफैं आर्थिक स्रोत जुटाउँछौं । केन्द्रले के दिन्छ आशा गर्दैनौं । केन्द्रले दिने बोनस हुनेछ । कागजमा योजना लेख्न सजिलो छ । आफैं आफ्नो कोषलाई कसरी बलियो बनाउनी भन्ने हाम्रो योजनाछ । मेरो लक्ष्य भनेको नेपाली क्रिकेटको विकाश हो । क्रिकेट टिमको पदाधिकारी होईन । ब्यक्ति भन्दा संगठन बलियो हुनुपर्छ’, पारसले भने ।

पारसको पूरा भिडियो र योजना यहाँ हेर्नुहोस् :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.