default_image

2 years ago

August 26, 2023

नेपालले उपाधिको लागि हङकङसँग खेल्दै

2066 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरुहुनेछ । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराएपनि मलेसिया फाइनलमा पुग्न सकेन ।

उता नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भएपनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

हङकङलाई हराउन अनुभवी अलराउन्डर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिएकी थिइन् । युवा ब्याटर सम्झना खड्काले ३६ बलमा ५ चौकासहित ३६ रन बनाएकी थिइन् । नेपालले कुवेत र मलेसियाविरुद्ध राम्रो प्रदर्शन गर्न सकेन । नेपाली ब्याटरले चौका र छक्का नै प्रहार गर्न संघर्ष गरेका छन् ।

प्रतियोगितामा सम्झना खड्काले ५, रुविना क्षेत्रीले ३, काजोल श्रेष्ठ र इन्दु बर्माले समान दुई चौका प्रहार गरेका छन् । रुविनाले एक छक्का हानेकी छिन् । अन्य कुनैपनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेका छैनन् । कुवेतसँग नेपालले पहिलो चौका ८२ बल पछि हानेको थियो ।

नेपालको ब्याटिङक्रम भद्रगोलछ । ओपनर विन्दु रावललाई मलेसियाविरुद्ध नवौं नम्बरमा खेलाएको थियो । कुनैपनि ब्याटरको ब्याटिङक्रम पक्का छैन ।

नेपाली प्रमुख ब्याटर तथा ओपनर सीतालाई पहिलो खेलमा मलेसियाविरुद्ध छैटौं नम्बरमा खेलाएको थियो । पछिल्ला दुई खेलमा चौथो नम्बरमा खेलाएको छ । मध्यक्रमकी ब्याटर सम्झानालाई मलेसियाविरुद्ध आठौं नम्बरमा खेलाएको थियो ।

नेपालले उपाधि जित्न पहिला भ्रदगोल ब्याटिङक्रम मिलाउनुपर्छ । अर्कोतर्फ चौका र छक्का प्रहार गर्ने जोखिम पनि लिन आवश्यक देखिन्छ । कम्तिमा पावर प्लेमा आक्रामक क्रिकेट खेल्न सक्नुपर्छ । सीता, इन्दु, सम्झना र रुविना जस्ता प्रमुख ब्याटरले माथिल्लोक्रममा ब्याटिङ गर्न आवश्यक देखिन्छ ।

विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई खेलाउन सक्छ । तीव्र गतिकी बलर कविता कुँवर र अश्मिना कर्माचार्यको जोडी हङकङलाई घातक बन्नसक्छन् । नेपालमा एकपनि घरेलु क्रिकेट नखेलेकी पुजाले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेकी छैनिन् । सीता, इन्दु र रुविना प्रमुख खेलाडी हुन् । फाइनलमा यी तीन खेलाडीबाट नेपाल अलराउन्ड प्रदर्शन चाहन्छ ।

हङकङकी ओपनर मारिको हिलको विकेट नेपालको लागि उपाधिको निर्णायक बन्न सक्छ । हिल टिकेको खण्डमा भने नेपालको जित कठिन बन्न सक्छ । हिल बलिङ पनि त्यतिनै राम्रो गर्ने गर्दछिन् । कप्तान केरी चान, हिल र ओपनर यासमिन दास्वानी प्रमुख ब्याटर हुन् ।

हेड टु हेड :

नेपाल र हङकङबीच चार महिला टि२० आई खेल भएको छ । जसमा समान दुई मा जित र हार छ । नतिजा आएका पछिल्ला तीन खेलमा नेपाल दुईमा पराजित भएको छ ।

नेपालले सोमबार थाईल्यान्डसँग पनि अन्तिम अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।

समूह ए मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालको टोली :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.