default_image

2 years ago

August 26, 2023

नेपालले टस जित्यो

1955 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा नेपालकी कप्तान रुविनाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा एक परिवर्तन गरेकी छिन् ।

नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराएपनि मलेसिया फाइनलमा पुग्न सकेन ।

उता नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भएपनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाल र हङकङबीच चार महिला टि२० आई खेल भएको छ । जसमा समान दुई मा जित र हार छ । नतिजा आएका पछिल्ला तीन खेलमा नेपाल दुईमा पराजित भएको छ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.