default_image

2 years ago

August 26, 2023

उपाधि जित्न नेपाललाई हङकङको मध्यम लक्ष्य

3490 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा नेपाललाई उपाधि जित्न १ सय २ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाइन् । त्यस्तै मारिना लम्प्लगले २० बलमा २ चौकासहित १९ रन बनाइन् । चौथो विकेटका लागि केरी र मारिनाले ३० रनको साझेदारी गरेका थिए ।

तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले दोस्रो ओभरको तेस्रो बलमा हङकङकी प्रमुख ब्याटर मारिको हिल शून्यमा कविता जोशीबाट क्याच आउट भइन् ।

अर्को ओभरमा ओपनर तथा प्रमुख ब्याटर नताशा तारा मिल्स ६ रनमा रन आउट भइन् । प्रमुख दुई ब्याटर आउट भएपछि हङकङले रन बनाउन संघर्ष गरेको थियो ।

इक्रा साहर ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् । शान्जिन शाहजाद १० बलमा १ चौकासहित १४ रन बनाइन् । नेपालको खुशी डंगोलले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिए ।

नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.