default_image

2 years ago

August 26, 2023

उपाधि जित्न नेपाललाई हङकङको मध्यम लक्ष्य

3488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा नेपाललाई उपाधि जित्न १ सय २ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाइन् । त्यस्तै मारिना लम्प्लगले २० बलमा २ चौकासहित १९ रन बनाइन् । चौथो विकेटका लागि केरी र मारिनाले ३० रनको साझेदारी गरेका थिए ।

तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले दोस्रो ओभरको तेस्रो बलमा हङकङकी प्रमुख ब्याटर मारिको हिल शून्यमा कविता जोशीबाट क्याच आउट भइन् ।

अर्को ओभरमा ओपनर तथा प्रमुख ब्याटर नताशा तारा मिल्स ६ रनमा रन आउट भइन् । प्रमुख दुई ब्याटर आउट भएपछि हङकङले रन बनाउन संघर्ष गरेको थियो ।

इक्रा साहर ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् । शान्जिन शाहजाद १० बलमा १ चौकासहित १४ रन बनाइन् । नेपालको खुशी डंगोलले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिए ।

नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.