default_image

2 years ago

August 26, 2023

इन्दु सर्वोत्कृष्ट खेलाडी

6866 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी उपकप्तान तथा अलराउन्डर इन्दु बर्मा चारदेश सम्मिलित महिला टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएकी छिन् ।

नेपाललाई उपाधि जिताउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी उपकप्तान इन्दु सिरिजको सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । उनको नेपाली महिला टोलीमा पहिलो प्लेयर अफ द सिरिज समेत हो ।

नेपालले फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जितेको थियो । इन्दुले प्रतियोगितामा ४ खेलमा ७१ रन बनाएकी थिइन् । सिरिजमा मलेसियाकी ऐना हामिजाह हाशिम ९१ रनका साथ शीर्ष र इन्दु दोस्रो स्थानमा थिए । इन्दुले ५ विकेट लिएकी थिइन् ।

हङकङलाई ९ विकेटले हराउन इन्दुले २ विकेट लिनुको साथै ९ रन बनाएकी थिइन् । उक्त खेलमा पाँच विकेट लिँदै सीता रानामगर प्लेयर अफ द म्याच चुनिएकी थिइन् । कुवेतलाई हराउन १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाउनुको साथै ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिएकी थिइन् ।

कुवेतविरुद्ध इन्दु प्लेयर अफ द म्याच चुनिएकी थिइन् । नेपालले कुवेतलाई ३४ रनले हराएको थियो । नेपालले कुवेतविरुद्ध ८२ बलपछि पहिलो चौका हानेको थियो । त्यो इन्दुले नै हानेकी थिइन् । सुरुवातमा टेस्ट शैलीमा खेलेपनि तल्लोक्रममा उनले महत्वपूर्ण योगदान दिएकी थिइन् । मलेसियाविरुद्ध २० रन बनाएपनि नेपाल पराजित भएको थियो ।


हङकङविरुद्ध जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ५.५ ओभरमा ३७ रन बनाउँदा खेल रोकिएको थियो । उक्त खेलमा इन्दु १९ रनमा अविजित थिइन् ।

मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बनेको थियो । आइसिसी विश्वकप महिला टि२० एसिया क्षेत्र छनोट अघि नेपालसहित चार देशले सिरिज खेलेका हुन् । नेपालले अव सोमबार अन्तिम तयारीको रुपमा थाईल्यान्डसँग खेल्नेछ । आइसिसी महिला एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.