default_image

2 years ago

August 26, 2023

महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित

450 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुनिल कुमार महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनले अर्का अध्यक्षका प्रत्याशि हिरा भगतलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । महासेठले ३२ र हिराले १२ भोट प्राप्त गरे ।

त्यस्तै पवनकुमार गुप्ता उपाध्यक्षमा निर्वाचित भएका छन् । गुप्ताले मुर्तुजा हवारीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । गुप्ताले ३२ र हवारीले १२ भोट प्राप्त गरे ।

आयुष श्रेष्ठ सचिव र सुभाष जयसवाल कोषाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भए । सदस्यहरुमा सतिशकुमार सिंह, सत्रुधन प्रसाद साह, प्रमोद साह, राजिवकुमार झा, मुकेश कुमार साह, आकाश पाण्डे, विकल कुमार विष्ट, बाबुजान अन्सारी र अनिल कुमार चौलागाई सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र चार प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव तीन प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।

कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए ।

बागमती प्रदेशको चुनाव भदौ १५ माहुँदैछ । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्का अध्यक्षमा बागमतीबाट लड्दै छन् । क्यानको केन्द्रिय चुनावमा कुला ८६ भोट छ । अध्यक्ष जित्न ४४ भोट आवश्यक पर्दछ । सबै भोटको बारे जानकारी यस प्रकार छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.