2 years ago
August 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्वर वान टोलीसँग खेल्ने भएको छ । बुधबारदेखी सुरु हुने एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग खेल्दैछ ।

पाकिस्तान वर्तमान समयमा आइसिसी ओडिआई वरियतामा शीर्ष (नम्वर वान) स्थानमा छ । नेपालले बुधबार मुल्तान रंगशालामा पाकिस्तानसँग खेल्नेछ । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको हो ।
पाकिस्तानले शनिबार अफगानिस्तानलाई तेस्रो ओडिआई खेलमा ५९ रनले हराउँदै तीन खेलको सिरिज क्लिनस्वीप गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारत विश्व ओडिआई वरियतामा तेस्रो स्थानमा छ । नेपाल आइसिसीको ओडिआई विश्व वरियतामा १५ औं स्थानमा छ ।
यसअघि नेपालले वरियताको हिसाबमा सबैभन्दा ठूलो टोली वेस्टइन्डिजसँग दुई महिना अघि जिम्बावेमा खेलेको थियो । आइसिसी विश्व ओडिआई वरियतामा त्यस समय वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा थिए । ११ औं स्थानमा रहेको जिम्बावेसँग पनि खेलेको थियो ।
नयाँ आइसिसीको ओडिआई वरियता अनुसार पाकिस्तान शीर्ष, अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इंग्ल्यान्ड पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।
त्यस्तै जिम्बावे ११ औं, स्कटल्यान्ड १२ औं, आयरल्यान्ड १३ औं, नेदरल्यान्ड्स १४ औं, नामिबिया १६ औं, अमेरिका १७ औं, ओमान १८ औं र युएई १९ औं अर्थात पुछारमा छ ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न थालेको हो । नेपालका उमेर समूह र महिला टोलीले खेलि सकेको छ ।
तर सिनियर टोलीले कुनैपनि प्रतियोगितामा पाकिस्तान र भारतसँग खेलेको छैन । नेपाली यू-१९ टोलीले भने २०१७ को एसिया कपमा भारतलाई हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]