2 years ago
August 27, 2023
एजेन्सी – उपाधि दाबेदार पाकिस्तानले एसिया कपमा नेपालसँग उद्धघाटन खेल खेल्नुअघि अन्तिम टोलीमा एक परिवर्तन गरेको छ । पाकिस्तानले बायाँ हाते ब्याटर साउद सकीललाई १७ सदस्य टोलीमा थपेको छ ।

साउद टोलीमा पर्दा तयाब ताहिरलाई वैकल्पिक खेलाडीमा राखेको छ । २७ वर्षीय साउदले पाकिस्तानबाट ६ ओडिआई खेलमा ७६ रन बनाएका छन् । उनले ७ टेस्टमा २ शतक र ६ अर्धशतकसहित ८ सय ७५ रन बनाएका छन् ।
उनी टेस्ट इतिहासमा सुरुवाती सातै खेलमा ५० माथि रन बनाउने एक्लो ब्याटर हुन् । अघिल्लो महिना श्रीलंकाविरुद्ध उनले २ सय ८ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए । बायाँ हातेसँगै मध्यक्रममा स्पिन राम्रो खेल्ने हुँदा उनलाई टोलीमा समेट्ने निर्णय लिएको हो ।
अघिल्लो महिना पाकिस्तान एलाई एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जिताउन तयाब ताहिरले भारत ए विरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
अफगानिस्तानसँग तीन ओडिआई खेलको सिरिज खेलेर श्रीलंकाबाट पाकिस्तानको टोली आज स्वदेश फर्किनेछ । बाबर आजम, इमाम उल हक र नसिम शाह लाहोर जानेछन् । सोमबार मात्रै यी तीन खेलाडी मुल्तानमा टोलीसँग जोडिनेछन् । पाकिस्तानले ३० अगष्टमा नेपाल र २ सेप्टेम्बरमा भारतसँग खेल्ने तालिका छ ।
पाकिस्तानको एसिया कप खेल्ने टोली :
बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शादब खान(उपकप्तान), शाहिन शाह अफ्रिदी, साउद सकिल, उस्मा मिर, फहिम अशरफ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]