2 years ago
August 27, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु अघि विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरलाई सम्झिएका छन् ।

एसिया कपको तयारीको लागि पाकिस्तानमा रहेका मोन्टीले पाकिस्तानसँग खेल्नुअघि सचिनलाई सम्झिएका हुन् । पाकिस्तानको प्रसिद्ध क्रिकेट रंगाशाला कराँचीमा अभ्यासपछि मोन्टीले सामाजिक सञ्जाल मार्फत सचिनलाई सम्झिएका छन् ।
‘म एक गौरवान्वित भारतीय र विश्व क्रिकेटको महान टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा निभाउँदै छु । मेरो लागि भारतले र सम्भवत विश्व क्रिकेटले नै पाएको सर्वोत्कृष्ट खेलाडीले १६ वर्षको उमेरमा डेब्यु गरेको मैदान (कराँची) मा उभिन पाउनु गर्वको विषय हो’, मोन्टीले लेखेका छन् ।

सचिनले १६ वर्षको उमेरमा सन् १९८९ नोभेम्बरमा कराँची रंगाशालामा पाकिस्तानविरुद्ध टेस्ट टोलीमा डेब्यू गरेका थिए । सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर हुन् ।
सचिनले २ सय टेस्ट खेलमा ५१ शतकसहित १५ हजार ९ सय २१ रन बनाएका छन् । ४ सय ६३ ओडिआई खेलमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाएका छन् । विश्व ओडिआई र टेस्टमा सचिन सर्वाधिक रन र शतक प्रहार गर्ने खेलाडी हुन् ।
सचिनको उक्त प्रदर्शनले आफू जस्ता धेरै युवा खेलाडीलाई प्रेरणा मिलेको बताउँछन् । ‘सन् १९८९ मा पाकिस्तान विरुद्ध टेस्टमा खेलेपछि सचिनले जुन असम्भव सफलता प्राप्त गरे, त्यसले म र मजस्ता धेरै युवालाई प्रेरणा दियो । म अझै पनि मेरो एससीसी बोर्ड परिक्षा दिँदा आफ्नो हिरोको रुपमा उनलाई हेरेको सम्झन्छु । धन्यवाद मास्टर’, मोन्टीले लेखेका छन् ।

नेपालले एसिया कपमा भदौ १३ (अगष्ट ३०) मा पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा खेल्नेछ । भारतसँग श्रीलंकाको कान्डीमा भदौ १८ ( सेप्टेम्बर ४) मा खेल्नेछ ।
नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । मोन्टी गत माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नियुक्तसँगै नेपाली क्रिकेटले जादुमयी प्रर्दशन गर्दै ओडिआई मान्यता बचाएको थियो ।
ओडिआई मान्यता सोझै जोगाउन आइसिसी विश्वकप लिग २ का अन्तिम १२ मध्य ९ खेल आवश्यक थियो । तर मोन्टीको प्रशिक्षणमा नेपालले १२ मध्य ११ खेल जित्दै सोझै विश्वकप छनोटमा पुगेको थियो ।
त्यस्तै एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । मोन्टीको प्रशिक्षणमा नेपालले विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । एसिया कपमा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने अपेक्षा गरिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]