default_image

2 years ago

August 28, 2023

नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्दै

2424 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलको रुपमा आज थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ मा मलेसियामा सुरु हुनेछ । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेकोा हो । यो खेल अभ्यास मात्रै हुनेछ ।

शनिबार नेपालले चार देशसम्मिलित महिला टि२० आई खेलको फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनलो हराउँदै उपाधि जितेको थियो । नेपालले लिगमा हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो ।

मलेसियासँग ६ विकेटले पराजित भएको थियो । थाईल्यान्ड आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने सवैभन्दा बलियो टोली हो । पछिल्लो समय टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डसँग नेपाली महिला टोलीको असली परिक्षा हुनेछ ।

२०२० मा थाईल्यान्डले विश्वकप खेलेपछि विश्व क्रिकेटमा स्तरमा सुधार गरेको छ । तर नेपालको स्तर भने उस्तैछ । ओपनर नथाकन चन्थाम थाईल्यान्डकी प्रमुख ब्याटर हुन् । विदेशी लिगमा उनले लगातार सानदार प्रदर्शन गर्दै आएकी छिन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासे, उपकप्तान इन्दु बर्मा र सीता रानामगर प्रमुख ब्याटर हुन् । नेपालले भद्रगोल ब्याटिङक्रमलाई मिलाउनु पर्ने हुन्छ । फाइनलमा सीतालाई ओपनिङ गराएको थियो । सीतालाई ओपनिङ नै आवश्यक देखिन्छ । चार देश सम्मिलित महिला टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी इन्दुबाट नेपालले ठूलो अपेक्षा गर्नेछ ।

तीव्र गतिका बलरमा कविता कुँवर र अश्मिना कर्माचार्यको जोडी हुनेछन् । नेपाल अभ्यास खेलमा आफ्नो कमजोरी सुधार गर्न चाहन्छ । पावर प्लेमा आक्रामक ब्याटिङ र स्थिर ब्याटिङक्रम आवश्यक देखिन्छ ।

आइसिसी महिला विश्वकप टि२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.