default_image

3 months ago

August 28, 2023

एसिया कपमा नेपालको सम्भावित उत्कृष्ट प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई पावर हाउससँग खेल्ने अवसर पाएको हो । नेपाल भारत र पाकिस्तानविरुद्ध आफ्नो सानदार प्रदर्शन देखाउन चाहन्छ । कुनैपनि टोलीको प्लेइङ–११ सधैं महत्वपूर्ण हुन्छ । टोलीले प्लेइङ–११ टिमको आवश्यकता, विपक्षी टोलीको कमजोरी, पिच कन्डिसन र […]

6099 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई पावर हाउससँग खेल्ने अवसर पाएको हो ।

नेपाल भारत र पाकिस्तानविरुद्ध आफ्नो सानदार प्रदर्शन देखाउन चाहन्छ । कुनैपनि टोलीको प्लेइङ–११ सधैं महत्वपूर्ण हुन्छ । टोलीले प्लेइङ–११ टिमको आवश्यकता, विपक्षी टोलीको कमजोरी, पिच कन्डिसन र आफ्नो रणनीति अनुसार टुङ्गो लगाउने गर्दछ । १७ सदस्य टोली एसिया कपमा छन् ।

नेपालले भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्न आफ्नो सहि प्लेइङ–११ मैदान उतार्न खोज्नेछ । आफ्नो उत्कृष्ट प्लेइङ ११ का साथ खेल्न खोज्नेछ । एसिया कपमा नेपालको सम्भावित उत्कृष्ट प्लेइङ ११ यस प्रकार देखिन्छ ।

१. कुशल भुर्तेल

ओपनर कुशल भुर्तेलले ओपनिङ गर्नेछन् । नेपालको ओपनर जोडीमा कुशल भुर्तेल र आसिफ शेख हुने पक्काछ । जस्तो सुकै प्रदर्शनमा पनि यी दुई ओपनरले दुबै खेल खेल्ने पक्काछ । कुशलको भूमिका पावरप्लेमा आक्रामक क्रिकेट खेल्ने हुनेछ । त्यसपछि इनिङ ठूलो खेल्दै जतिसक्यो क्रिजमा समय बिताउने रणनीति हुनसक्छ ।

दुई महिना अघि जिम्बावेविरुद्ध ९९ रनमा अल आउट भएका कुशल दुई ठूला टोलीविरुद्ध आफ्नो उत्कृष्ट क्रिकेट देखाउन चाहन्छन् । कुशलले ४४ ओडिआई खेलमा १ शतक र ६ अर्धशतकसहित कुल ९ सय ८६ रन बनाएका छन् । एसिया कप मार्फत आफ्नो ओडिआई एक हजार रन पूरा गर्ने सम्भावना छ ।

२. आसिफ शेख

नेपालको दोस्रो ओपनरको रुपमा आसिफ शेख हुने पक्काछ । आसिफको भूमिका टोलीको इनिङ विकास गर्ने हुनेछ । कुशल भुर्तेलले आक्रामक रुपमा रन जोड्दा आसिफ एक एण्डबाट विकेट जोगाउँदै ठूलो इनिङका लागि जानसक्छन् । आसिफले ४१ ओडिआई खेलमा १ शतक र ९ अर्धशतकसहित कुल ११ सय ८७ रन बनाई सकेका छन् ।

नेपालबाट ओडिआई इतिहासमा सर्वाधिक ठूलो साझेदारी कुशल र आसिफले नै गरेका छन् । विश्वकप छनोटमा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए । यी दुई ओपनरले तीन पटक शतकीय साझेदारी गरि सकेका छन् । नेपाल ओपनरबाट त्यस्तै सुरुवात चाहन्छ ।

३. अर्जुन साउद (विकेटकिपर)

तेस्रो नम्बर ब्याटिङमा नेपालले भीम सार्की र अर्जुन साउद मध्य एकलाई खेलाउने देखिन्छ । अर्जुन साउदको सम्भावना बलियो देखिन्छ । अर्जुन विकेटकिपिङ राम्रो गर्दछन् । आसिफ शेखको भन्दा अर्जुनको किपिङ राम्रो छ ।

अर्कोतर्फ अर्जुनले आयरल्यान्डविरुद्ध र पाकिस्तान ए विरुद्ध राम्रो सुरुवात दिलाएका थिए । सर्ट बल खेल्ने खुबी राख्ने हुँदा अर्जुनलाई खेलाउन सक्ने सम्भावना देखिन्छ ।

४. रोहित पौडेल (कप्तान)

कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । चौथो नम्बरका नेपालका भरपर्दा ब्याटर हुन् । ओडिआईमा चौथो नम्बरको ब्याटरको प्रदर्शन सधैं महत्वपूर्ण हुन्छ ।

नेपाल रोहितबाट कप्तानी प्रदर्शन चाहन्छ । रोहित टिमको अवस्था र आवश्यकता अनुसार खेल्नुपर्ने हुन्छ । खराब सुरुवातमा इनिङ अघि बढाउने र राम्रो अवस्थामा आक्रामक ब्याटिङ गर्नुपर्ने हुन्छ ।

५. कुशल मल्ल

नेपालले पाँचौं नम्बरमा युवा अलराउन्डर कुशल मल्ललाई खेलाउने देखिन्छ । कुशल बायाँ हाते ब्याटरसँगै स्पिन बलिङ गर्ने गर्दछन् । नेपाल कुशलबाट आक्रामक अन्त्य चाहन्छ ।

एसिसी प्रिमियर कपमा कुशलले ५९ बलमै ओडिआई शतक पूरा गरेका थिए । भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सके कुशललाई आइपिएलसहित अन्य विदेशी लिगको बाटो खुल्नेछ । पार्टटाइम स्पिनमा कुशलको भूमिका निकै महत्वपूर्ण हुनेछ ।

६. आरिफ शेख

नेपालका भरपर्दा ओडिआई ब्याटर आरिफ शेखलाई नेपालले छैटौं नम्बरमा ब्याटिङ गराउने देखिन्छ । आरिफको भूमिका टोलीको इनिङ विकास गर्ने हुनेछ । आरिफपछि आउने सबै हिटर हुनेछन् । त्यसैले आरिफले फिनिसरलाई विष्फोटक अन्त्य गर्ने वातावरण मिलाउनु पर्ने हुन्छ ।

७. दीपेन्द्रसिंह ऐरी

नेपालले दीपेन्द्रसिंह ऐरीलाई फिनिसरको रुपमा खेलाउँदै आएको छ । दीपेन्द्रबाट नेपाल राम्रो अन्त्य चाहन्छ । खराब सुरुवात गरेको अवस्थामा दीपेन्द्रले तल्लोक्रम सम्हाल्नुपर्ने हुन्छ । दीपेन्द्रले स्पिन आक्रामणमा सन्दीप लामिछानेलाई साथ दिनुपर्ने हुन्छ ।
नेपालको प्लेइङ–११ मा ललितनारायण राजवंशीले स्थान पाउने सम्भावना कम छ ।

यो अवस्थामा स्पिन आक्रामण दीपेन्द्र र सन्दीपले निर्वाह गर्नुपर्ने हुन्छ । आवश्यक परेमा कुशल मल्ल, कुशल भुर्तेल र रोहित पौडेल हुनेछन् । कुशल भुर्तेलले अघिल्लो महिना युएई ए विरुद्ध ६ विकेट लिएका थिए । नेपालले पार्टटाइममा उनलाई विश्वास राख्न सक्छ । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्ने खुबी राख्ने ब्याटर हुन् ।

८. गुलशन झा

गुलशन झा आठौं नम्बरमा खेल्ने सम्भावना देखिन्छ । गुलशन आक्रामक ब्याटिङका लागि चिनिन्छन् । उनीबाट नेपाल राम्रो अन्त्य चाहन्छ । आवश्यक परेको खण्डमा गुलशनलाई मध्यक्रममा पनि खेलाउन सक्छ । टिमको आवश्यकतामा गुलशनको ब्याटिङक्रम निर्भर रहन सक्छ ।

गुलशनले देब्रे हातले ब्याटिङ गर्ने हुँदा विपक्षी बलिङ आक्रामणमा उनको स्थान निर्भर हुनसक्छ । सामान्य अवस्थामा उनी आठौं नम्बरमा खेल्ने देखिन्छ । गुलशन नेपालको तेस्रो तीव्र गतिको बलरको रुपमा समेत खेल्ने छन् । गुलशनले टोलीमा आक्रामक ब्याटिङसँगै बलिङमा पनि त्यतिनै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

९. सोमपाल कामी

नेपालको ब्याटिङमा गहिराई छ । सोमपाल कामी नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । उनीबाट नेपाल पावर प्लेमा सानदार बलिङ सुरुवात चाहन्छ । अर्कोतर्फ सोमपाल उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् ।

नेपालले उनलाई मध्यक्रम र तल्लोक्रम कुनैपनि स्थानमा खेलाउन सक्छ । टोलीले आवश्यकता अनुसार सोमपाललाई ब्याटिङमा प्रयोग गर्ने देखिन्छ ।

१०. करण केसी

नेपालले दोस्रो तीव्र गतिका बलरमा करण केसीलाई खेलाउनेछ । करण केसी खेल्दा स्पिनर ललितनारायण राजवंशीको स्थान कठिन हुन्छ । आइसिसी विश्वकप छनोटमा करणले नयाँ बलका साथ सानदार प्रदर्शन गरेको हुँदा निरन्तरता दिने देखिन्छ ।

मोन्टी देशाईले विदेशी भूमिका करण र टियुमा ललित रणनीति अपनाउँदै समेत आएका छन् । करणबाट नेपाल पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ । करण नेपालका क्लिनहिटर हुन् । उनी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । टोली राम्रो अवस्थामा हुँदा करण माथिल्लोक्रममा आएर ब्याटिङ गर्न सक्छन् । सामान्य अवस्थामा तल्लोक्रममा नै खेल्ने देखिन्छ ।

११. सन्दीप लामिछाने

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख बलिङ हतियार हुन् । आइपिएल देखी विश्वका विदेशी लिग खेलेका सन्दीपलाई स्टार खेलाडीविरुद्ध खेल्दाको दबाब राम्रोसँग थाहा छ । उनीबाट नेपाल सानदार प्रदर्शन चाहन्छ । सन्दीपलाई नेपालले पावर प्लेपछि बलिङमा प्रयोग गर्नेछ । लेगस्पिनर हुँदा साझेदारी तोड्न सन्दीपको भूमिका निकै महत्वपूर्ण हुनेछ । अर्कोतर्फ सन्दीप तल्लोक्रममा राम्रो ब्याटिङको साझेदारी निर्वाह गर्नसक्छन् ।

एसिया कपका नेपालको सम्भावित उत्कृष्ट प्लेइङ-११ :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

December 9, 2023

राजालाई दुई खेल प्रतिबन्ध

एजेन्सी – जिम्बावेका कप्तान सिकन्दर राजालाई आगामी दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने भएको छ । आयरल्यान्डसँगको पहिलो टि२० आई खेलमा कर्टिस क्याम्फर र जोशुवा लिटिलसँग राजाले ब्याटिङ गर्नेक्रममा झगडा गरेका थिए । क्याम्फरलाई राजाले ब्याटले नै हान्न खोजेका थिए । त्यसको कारण राजालाई आइसिसीले कारबाही स्वरुप ५० प्रतिशत म्याच फि र २ डेमेरिट प्वाइन्ट अंक […]

December 8, 2023

राजबिराज च्याम्पसलाई उपाधि, विवेककी बहिनी साक्षी सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधी राजबिराज च्याम्पसले खडक क्विनलाई ६ विकेटले पराजित गर्दै जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खडकले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । खडकका लागि मन्जु रामले १५ रनको योगदान दिइन् । राजबिराजका साक्षी यादवले ४ ओभरमा १७ […]

December 8, 2023

नमुना मैदानमा चार टोलीबीच भिजिट भरतपुर टि२० सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि२० क्रिकेट सिरिज हुने भएको छ। जिल्ला क्रिकेट संघ चितवनले नारायणगढमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंसिर २४ देखी २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा […]

Success

Thank you for your time.