default_image

2 years ago

August 28, 2023

‘एसिया कप खेल्न एकदमै फिट र तयार छु’- सन्दीप

619 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेल्न आफू एकदमै फिट र तयार भएको बताएका छन् । सोमबार पाकिस्तान प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका थिए । सन्दीपले विदाई कार्यक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

‘पछिल्लो समय टिम राम्रो प्रदर्शन गरि राखेको छ । पाकिस्तानमा नेपालले एउटा अभ्यास खेलमा निकै उत्कृष्ट खेल खेलेको थियो । मैले आफ्नोतर्फबाट अभ्यास जसरी पनि हुन सक्थ्यो गरेको थिए । मैले आफ्नो उत्कृष्ट दिन खोजेको थिए । म खेल्नको लागि एकदमै फिट र तयार छु । आशा छ की एसिया कपमा एकदमै राम्रो गर्नेछौं’, सन्दीपले पाकिस्तान जानुअघि भने ।

नेपाली टोली गत मंगलबार नै पाकिस्तान लागेको थियो । तर पछिल्लो एक वर्षदेखी १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपले मुद्धा खेप्दै आएका छन् । उनको मुद्धाको अन्तिम फैसला हुन सकेको छैन । जिल्ला अदालत काठमाडौंमा आइतबार पेशी हुँदा सन्दीप टोलीसँग जान पाएका थिएनन् । नेपालले पाकिस्तानसँग भदौ १३ मा खेल्नेछ । सन्दीप दोहा हुँदै आज पाकिस्तानको मुल्तानमा पुग्नेछन् ।

टिमसँगै अभ्यास गर्न नपाएपनि सन्दीपले ब्यक्तिगत रुपमा जारी राखेको बताए । ‘एकदमै कठिन समय भई राखेको छ । तरपनि कुनै न कुनै समयमा आफ्नो विकल्प खोजि राखेको हुनुपर्छ । चाहेँ त्यो अभ्यास गर्ने बेला होस् वा टिम बैठकको समयमा । आफूले मिलाउनु पर्ने हुन्छ । समय आफूले मिलाई राखेको छु । टिमसँगै अभ्यास गर्न नपाएपनि म एक्लैले गरि राखेको छु’, सन्दीपले भने ।

त्यसैमा उनले थपे, ‘कहिले काहिँ साथीहरु पनि आईदिनुहुन्छ । त्यो कुराहरुको लागि धेरै आभारी छु । एक अर्कालाई हामी धेरै वर्षदेखी चिन्छौं । टिममा जाने बितिक्कै घुलमिल हुन धेरै समय पनि लाग्दैन । सबै जना लयमा हुनुन्छ । आशा गछौं कि हामी राम्रो गछौं ।’

नेपालले भारतसँग भने श्रीलंकाको कान्डीमा भदौ १८ मा खेल्नेछ । सन्दीप भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा भएको बताउँछन् ।

‘भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा हो । त्यो खेलमा हामी जित हार भन्दा पनि सिक्न सक्ने कुराहरु एकदमै महत्वपूर्ण हुनेछ । हामी हाम्रो दिल खोलेर खेल्ने छौं । हामीलाई जति आउँछ त्यो खेल्ने छौं । हाम्रो लागि खुसीको एउटा पर्व जस्तै हो । किनभने हामी सधैं यस्तो टोलीहरुसँग खेल्न पाउदैनौं । एक पटक खेलेपछि हामीले कसरी निरन्तरता दिने बारे अझै छलफल गरि राखेका छौं’, सन्दीपले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.