2 years ago
August 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र थाईल्यान्ड महिला क्रिकेट टोलीबीचको टि२० अभ्यास खेल रद्द भएको छ । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अन्तिम अभ्यास खेलमा नेपालले बलियो लक्ष्य पाएपनि वर्षाको कारण खेल रद्द हुन पुगेको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको थाईल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । थाईल्यान्डकी कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन् ।
नेपालकी कविता कुँवरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएकी थिइन् । पुजा महतोले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिइन् ।
खुसी डंगोलले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेकी थिइन् । इन्दु बर्माले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएकी थिइन् ।
उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो । सीता रानामगर शून्यमा रन आउट भएकी थिइन् ।
शनिबार नेपालले चार देशसम्मिलित महिला टि२० आई खेलको फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनलो हराउँदै उपाधि जितेको थियो ।
आइसिसी महिला विश्वकप टि२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]