2 years ago
August 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिग २०२३/२४ को ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका छन् ।

सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए । यदि हरिकेन्सले चाहेको खण्डमा सन्दीपलाई रिटेन गर्न सक्नेछ । अन्य चार खेलाडीलाई भने ड्राफ्टमा किन्नुपर्ने हुन्छ । देव खनाल नेपालका यू-१९ कप्तान समेत हुन् ।
अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । शेख दाजुभाइ भने ब्याटर हुन् ।
आसिफ शेख विकेटकिपरको साथै ओपनर ब्याटर हुन् । आरिफ शेखले नेपालबाट तल्लोक्रमका ब्याटिङ गर्ने गर्दछन् । मध्यगतिमा बलिङ समेत गर्ने गर्दछन् । १३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यासमा आठ टोली छन् ।
बिग ब्यास आगमी डिसेम्बर ७ देखी सुरु हुनेछ । यदि ड्राफ्टमा सन्दीप बाहेक अन्य कुनै खेलाडीलाई किनेको खण्डमा पहिलो पटक बिक्नेछन् । सन्दीपले भने बिग ब्यास लिग २०१८ मा मेलबर्न स्टार्सबाट खेल्दै सुरुवात गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]