default_image

2 years ago

August 28, 2023

‘हामीमाथि पूरा राष्ट्रको आशा छ’- कप्तान रोहित

2977 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरु प्रति पूरा राष्ट्रको आशा भएको बताएका छन् । एसिया कपमा नेपालले भदौ १३ मा पाकिस्तानसँग खेल्दैछ । नेपालले एसिया कपमा डेब्यू गर्न लागेको हो । डेब्यू गनुअघि कप्तान रोहितले आफूहरुमाथि पूरा राष्ट्रको आशा रहेको बताएका छन् ।

‘चुनौतीको सामना गर्न, सपना पछ्याउन र जोशका साथ खेल्न अघि बढेका छौं । ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षण हाम्रो लक्ष्यतर्फ अघि बढेका छन् । समर्पण, टिम एकता र सदाझैं साथ र समर्थनले हामी एकाग्र भएर अघि बढेका छौं’, रोहितले सामाजिक सञ्जालमा लेखेका छन् ।

युवा कप्तान रोहितले एसिया कपमा नेपाली क्रिकेट टोलीमाथि पूरा राष्ट्रको आशा रहेको बताएका छन् । ‘हामीमाथि आफ्नो टिम, पूरा राष्ट्र र लामो इतिहासको आशा रहेको छ । यो खेललाई एक यादगार यात्रा बनाउन तत्पर छौं’, रोहितले लेखेका छन् ।

एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.