default_image

2 years ago

August 28, 2023

रिजवानले नेपाली खेलाडीलाई भेटे

9577 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेटेका छन् । एसिया कपमा नेपालसँग खेल्नुअघि पाकिस्तानी स्टार ब्याटर रिजवानले नेपाली खेलाडीलाई भेटेका हुन् ।


रिजवानले भेटेर नेपाली खेलाडीसँग कुराकानी गरेका थिए । सोमपालसँगको कुराकानीमा उनले तिमीहरु योग्य भएको बताएका छन् । उनले नेपाली टोलीलाई शुभकामना दिँदै कुनै कुराको आवश्यकता परे आफूहरुसँग आउन बताएका छन् ।

सात महिनाअघि बलात्कार आरोपपछि नेपाली टोलीमा फर्किएका स्पिनर सन्दीप लामिछानेलाई भेट्न मोहम्मद रिजवान काठमाडौं नै आएका थिए । सन्दीपलाई हौसला प्रदान गर्न रिजवान नेपाल आएको बताइएको थियो । बलात्कार अरोपको कारण सन्दीप ९९ दिन हिरासतमा बस्नुपरेको थियो ।

रिजवान वर्तमान समयका टि२० क्रिकेटका प्रमुख ब्याटर हुन् । रिजवान र बाबर आजमको जोडीले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दुई वर्षअघि टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदा रिजवानले ७९ रनको यादगार प्रदर्शन गरेका थिए ।

रिजवान क्लास, जिम्मेवारी र ठूलो इनिङका लागि चर्चित ब्याटरमा पर्दछन् । रिजवानको विकेट लिन विश्वका जुनसुकै बलरलाई कठिन पर्दै आएको छ ।

एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले दुई दिनपछि भदौ १३ मा पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।

उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.