2 years ago
August 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जय गुरुङ लुम्बिनी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्बिरोध रुपमा निर्वाचित भएका छन् । सोमबार भएको लुम्बिनी प्रदेशको निर्वाचनमा सञ्जयसहित १३ सदस्य समिति निर्बिरोध रुपमा चयन भएका छन् ।

उपाध्यक्षमा विनयराज भण्डारी, सचिवमा कैलाश कुमार रोका र कोषाध्यक्षमा राजेश श्रेष्ठ निर्बिरोध रुपमा निर्वाचित भएका हुन् । सदस्यहरुमा बालकृष्ण खत्री, सुभाष तिमिल्सैना, प्रथम पराजुली, धिरज अधिकारी क्षेत्री, दुर्गबहादुर थापामगर, मेराज अन्सारी, माया ज्ञवाली, पदमराज श्रेष्ठ र अनिश कुँवर निर्बिरोध रुपमा निर्वाचित भएका छन् ।
सञ्जय गुरुङले गत वैशाखमा एसिसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा ओमान र युएईसँगको खेलबाट माथिल्लो मुलपानी मैदानमा ओडिआई अम्पायरमा डेब्यू गरेका थिए । उनी नेपालका चौथो ओडिआई अम्पायर हुन् । नेपालले पहिलो पटक सन् १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा एसिसी ट्रफी खेल्दा गुरुङ नेपाली टोलीका सदस्य थिए ।
सन् २००८ मा यू१७ हुँदै २००९ मा सिंगापुरमा भएको डिभिजन ६ बाट उनले अन्तर्राष्ट्रिय अम्पायर क्रिकेट करिअर सुरुवात गरेका थिए । नेपालले पहिलो पटक २०१० मा डिभिजन फाइभको उपाधि जित्दा उनी रिजरर्भ अम्पायर थिए ।

पछिल्लो पटक गुरुङले नेपालबाट अन्तर्राष्ट्रिय अम्पायरको रुपमा उनले २०१९ मा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन, २०२१ मा टियुमा भएको मलेसिया र नेदरल्यान्ड्सँगको त्रिकोणात्मक टि२० आई सिरिजमा अम्पायरिङ गरेका थिए । त्यस्तै गतवर्ष नेपाली महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई खेलको सिरिज टियुमा खेल्दा उनी अम्पायर थिए ।
घरेलु क्रिकेटमा नियमित अम्पायर र म्याच रेफ्रीको काम गर्दै आएका छन् । यसअघि उनले रुपन्देही जिल्ला क्रिकेट संघका सचिव काम गर्दा रुपन्देहीलाई देशकै उदाहरणीय र ब्यस्त क्रिकेट जिल्ला बनाउन भूमिका खेलेका थिए ।
नेपाल क्रिकेट संघ क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र पाँच प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव कर्णाली र बागमती प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।
कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, मधेश प्रादेशि संघको अध्यक्षमा सुनिल कुमार महासेठ, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए ।
बागमती प्रदेशको चुनाव भदौ १५ माहुँदैछ । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्का अध्यक्षमा बागमतीबाट लड्दै छन् । क्यानको केन्द्रिय चुनावमा कुल ८६ भोट छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]