default_image

8 months ago

August 29, 2023

अब विश्वले हेर्ने र चिन्नेछ नेपाली क्रिकेट

भूपेन्द्र जिसी, काठमाडौं विश्व क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग खेल्न मात्रै पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि ठूलो उपलब्धि हो । यस्ता दुर्लभ अवसर नेपाललाई विश्वकप वा एसिया कपमा मात्रै आउँछ । नेपालले भदौ १३ मा पाकिस्तान र भदौ १८ मा भारतसँग खेल्नेछ । नेपाल एसिया कपको समूह विभाजनमा भाग्यशाली सावित भयो । किनभने नेपालले […]

1682 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

विश्व क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग खेल्न मात्रै पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि ठूलो उपलब्धि हो । यस्ता दुर्लभ अवसर नेपाललाई विश्वकप वा एसिया कपमा मात्रै आउँछ । नेपालले भदौ १३ मा पाकिस्तान र भदौ १८ मा भारतसँग खेल्नेछ ।

नेपाल एसिया कपको समूह विभाजनमा भाग्यशाली सावित भयो । किनभने नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ । बुधबार नेपालका रोहित मुल्तानमा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन् ।

बाबर बर्तमान विश्व किकेटका बादशाह हुन् । बाबरसँग टसका लागि उत्रनु रोहितका लागि व्यक्तिगत रुपमा मात्र नभएर नेपाली क्रिकेट समर्थककै लागि एक अविस्मरणीय क्षण हुनेछ । बाबरसँगै मोहम्मद रिजवान र फखार जमान जस्ता विश्वचर्चित ब्याटरविरुद्ध नेपाली बलर उत्रनेछन् । बाबर विश्वका हरेक बलरझैं नेपाली खेलाडीको लागि पनि ड्रिम विकेट हुन् ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण विश्वकै उत्कृष्टमा पर्दछ । शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफको स्वींग, गति र बाउन्सले भरिपूर्ण बलिङ आक्रामण नेपालले सामना गर्न सक्छ वा सक्दैन हेर्न बाँकी छ । भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशका ब्याटरलाई निराश बनाउँदै आएको पाकिस्तानी बलिङ नेपाल जस्तो उदीयमान टोलीको लागि एउटा राम्रो सिकाई हुनेछ ।

हरिस रौफ र अफ्रिदी प्रतिघण्टा १ सय ५२ किलोमिटरमाथि निरन्तर गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले एसोसिएट क्रिकेटमा औसतमा १३०/३५ को गतिमा खेल्दै आएको छ । पाकिस्तानी गति चाल पाउन नसके प्रदर्शन निकै कमजोर बन्नसक्छ ।
भदौ १८ मा कान्डीमा रोहित आफ्नै आदर्श खेलाडी रोहित शर्मासँग टसका लागि जानेछन् ।

वर्षौदेखी हरेक नेपालीले देखेको भारतसँग खेल्ने सपना पूरा हुनेछ । आर्थिक, सामाजिक, सांस्कृतिक, भौगलिक, राजनीतिक हरेक कुराले भारतसँगको खेल आफैंमा महत्वपूर्ण र प्रतिक्षारत छ ।

भारतीय क्रिकेटविरुद्ध खेल्न पाउनु ठूलो गर्वको विषय हुनेछ । नेपालको सपना पूरा हुनेछ । वर्तमान समयका विश्व क्रिकेटका उत्कृष्ट ब्याटर विराट कोहलीसँग नेपाली खेलाडीले खेल्दैछन् । विश्व क्रिकेटमा कोहली हुन स्तरका खेलाडी हुन् नामले नै बताउँछ ।

विराट कोहली, रोहित शर्मा, लोकेश राहुल, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, युवा ब्याटर शुभमन गिल जस्ता ब्याटरविरुद्ध खेल्दा नेपाली खेलाडीले धेरै कुराहरु सिक्नेछन् । योर्कर किंग जस्प्रित बुमराह, मोहम्मद शामी र मोहम्मद शिराजविरुद्ध खेल्न पाउनेछन् ।

कोहली, बाबर र रोहितसँग खेल्नु भनेको फुटबलमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमारसँगै खेल्नु सरह हो ।
बिग टेस्ट नेशनले नेपाल जस्ता एसोसिएट टोलीको खेललाई कमै पाछ्याउँछन् । अधिकांशलाई नेपाली खेलाडीको बारेमा थाहा नहुन सक्छ । नेपालले भुटान, मलेसिया र माल्दिभ्सको क्रिकेटलाई जुन महत्वका साथ पछ्याउँछ भारत, पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशले नेपाली क्रिकेटले दिने महत्व पनि त्यस्तै हो ।

तर अब नेपालको खेल विश्व क्रिकेटले हेर्नेछ । भारत र पाकिस्तानको क्रिकेटलाई नपछ्याउने सायदै कमै खेलाडी, शुभचिन्तक र क्रिकेट विश्लेषक होलान् । बाबर र विराट तथा अफ्रिदी र बुमराहको खेल विश्व समर्थक हेर्न सधैं रुचाउँछन् । भारत र पाकिस्तानविरुद्ध खेल्ने हुँदा नेपाली क्रिकेटको खेल पनि विश्वले हेर्नेछ ।

आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ । त्यसैले गर्दा उपाधि दाबेदार भारत र पाकिस्तानको खेल अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका लगायत विश्वका ठूला टोलीले निकै महत्वका साथ हेर्नेछन् । हरेक नेपालीको खेल विश्व क्रिकेटले नजिकबाट हेर्नेछ ।

एसोसिएट क्रिकेटले पनि नेपालको खेल त्यतिनै महत्वका साथ हेर्नेछ । नेपालले राम्रो गर्दा एसोसिएट टोली त्यतिनै खुसी हुनेछन् । किनभने आइसिसीले एसोसिएट र टेस्ट टोलीलाई गर्ने व्यवहार फरक छ । एसोसिएट टोलीहरुमा धेरै सम्भावना भएपनि निकै कम अवसर पाउँदै आएका छन् ।

ओडिआई वरियतामा नेपाल १५ औं स्थानमा छ । पाकिस्तान शीर्ष र भारत तेस्रो स्थानमा छ । बाबर आजम ओडिआई ब्याटिङमा शीर्षस्थानमा छन् । इमाम उल हक तेस्रो, शुभमन गिल चौथो र विराट कोहली नवौं स्थानमा छन् ।

ओडिआई बलिङको वरियतामा मोहम्मद शिराज पाँचौं, अफ्रिदी नवौं र कुलदीप यादव १० औं स्थानमा छन् । भारत टि२० र टेस्टको शीर्ष वरियताको टोली हो । नेपालले विश्व वरियता तीनै सरंचना (टेस्ट, टि२० आई र ओडिआई) का शीर्ष वरियताका टोलीसँग भिड्नेछ ।

उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य

हुन त क्रिकेटमा कुनै भर हुँदैन । टि२० जस्तो एकै ओभरमा खेल मोडिन सक्दैन । तर ओडिआईमा ठूला टोली स्तब्ध हुने सम्भावना कम हुन्छ । खराब अवस्थाबाट पनि पूनरागमन गर्ने ओडिआईमा राम्रो समय हुन्छ । नेपाल भारत र पाकिस्तानविरुद्ध मैदान उत्रदा लक्ष्य जित हार भन्दा पनि सिक्ने र आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउने हुनेछ । नेपाली क्रिकेट के हो खेलाडी विश्वलाई देखाउन आतुर छन् ।

थप अवसर जुराउने सुन्दर प्लाटफर्म

नेपालले भारत र पाकिस्तानविरुद्ध राम्रो गर्न सके विश्व क्रिकेटमा थुप्रै अवसरहरु खुल्नेछन् । सबैभन्दा ठूलो इन्डियन प्रिमियर लिग(आइपिएल) सहित विश्व फ्रेन्चाइज लिगमा नेपाली खेलाडीहरुको यात्रा सहज हुनसक्छ । नेपालले राम्रो गर्न सके ठूला टेस्ट टोली सिरिज खेल्न तयार हुनसक्छन् । नेपाली क्रिकेटको विश्वमा थप लोकप्रियता बढ्नेछ । नेपाललाई हेर्ने विश्वको नजर परिवर्तन हुनेछ ।

हालसम्मकै उच्च टोलीसँग प्रतिस्पर्धा

नेपालले आफ्नो क्रिकेट इतिहासमै उच्च टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै टोली पूर्व विश्वकप विजेता टोली हुन् । वरियतामा मात्रै होईन प्रदर्शनमा पनि शीर्ष टोलीमा पर्दछन् । नेपालले आफ्नो क्रिकेटमा ठूला टोलीसँग हालसम्म वेस्टइन्डिज, जिम्बावे, बंगलादेश, अफगानिस्तान र आयरल्यान्डसँग मात्रै खेलेको छ ।

नेपाली क्रिकेट विकासमा कोसेढुङ्गा

यी दुई खेलपछि नेपालले क्रिकेट विकासमा थप फड्को मार्ने देखिन्छ । नेपाली क्रिकेट विकासमा २०१४ को टि२० विश्वकप सबैभन्दा ठूलो उपलब्धी मानिन्छ । त्यस्तै २०१८ को ओडिआई मान्यता र २०२३ मा ओडिआई निरन्तरता पनि क्रिकेट विकासमा ठूलो भूमिका खेलेका छन् ।

टि२० विश्वकपपछि नेपाली क्रिकेटको लोकप्रियता ह्वात्वै बढेको थियो । एसिया कपपछि पनि त्यस्तै अपेक्षा गरिएको छ । धेरै युवा खेलाडी र समर्थकको लागि क्रिकेटमा लाग्न प्रेरणा मिल्न सक्छ । भारत र पाकिस्तानको खेल नेपालमा सधै निकै महत्वपूर्णका साथ हेरिन्छ । टिभीमा हेर्दै आएका यी दुई टोली र विश्वस्टारविरुद्ध नेपालले खेल्दैछ ।

उत्कृष्ट ब्याटिङ लाइनअप

नेपालको बलियो पक्ष भनेको उत्कृष्ट ब्याटिङ लाइनअप हो । नेपालको प्लेइङ-११ मा १० खेलाडी ब्याटिङबाट खेला जिताउन सक्ने खुबी राख्छन् । अर्कोतर्फ नेपाली खेलाडीको जोश र जाँगर अर्को शक्ति हो । सर्ट बल, अनुभवी खेलाडीको कमी, ठूला टोलीविरुद्ध कम खेल नेपालका कमजोरी हुन् ।

खेल, समय, लाइभ, रंगशाला

नेपालले भदौ १३ मा मुल्तानमा पाकिस्तानसँग खेल्नेछ । भदौ १८ मा भारतसँग पालेकेले रंगाशालमा भारतसँग खेल्नेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

नेपाललाई होइन भारत र पाकिस्तानलाई दबाब!

नेपालले एसिया कपमा गुमाउनु केहि छैन । नेपालको हार स्वभाविक हो । यदि नेपालले जादुमयी प्रदर्शनका साथ जित निकाल्छ भने त्यो विश्वकप जिते भन्दा कम हुनेछैन । नेपालसँगको अप्रत्याशित हारले भारत र पाकिस्तानलाई समूह चरणबाटै बाहिरिनु पर्ने डर हुन्छ । त्यसैले नेपाललाई कुनै दबाब छ । नेपालले टस नजिता जे आएपनि पहिला बलिङको गर्ने सम्भावना बढी देखिन्छ ।

एसिया कपको खेल्ने संरचना

एसिया कप यस संस्करणको ५० ओभरको हुनेछ । सबै ओडिआई मान्यता खेल हुनेछन् । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् । भारत र पाकिस्तान फाइनलका प्रमुख दाबेदार टोली हुन् ।

मोन्टीको जादुले निरन्तरता पाउने अपेक्षा

गत माघमा मोन्टी देशाई नेपालको मुख्य प्रशिक्षक बनेर आउँदा ओडिआई मान्यता जोगिने सम्भावना निकै कम थियो । ओडिआई जोगाउन लिग-२ मा अन्तिम १२ मध्य ९ खेल जित्नुपर्ने थियो । तर मोन्टीले १२ मध्य ११ खेल जिताएका थिए ।

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो । नेपालले मोन्टीको प्रशिक्षणमा जादुमयी प्रदर्शन गर्दै आएको छ । एसिया कपमा पनि मोन्टीबाट नेपाल त्यो अपेक्षा गर्नेछ । मोन्टीको प्रशिक्षमा नेपाली टोलीको स्तर फेरिनुको साथै मनोबलमा पनि धेरै भिन्नता आएको छ ।

त्यसो त कप्तान रोहित पौडेल एसिया कप खेल्न पाकिस्तान जानुअघि समर्थकमाझ सकारात्मक सन्देश दिन चाहन्थे । आफूभन्दा उच्च श्रेणीको टोलीको सामना गर्न टोली तयार रहेको उनको भनाइ थियो ।

‘नतिजा त नियन्त्रणमा छैन । प्रकृयाहरु सबै नियन्त्रणमा छ । त्यो दिन कसरी उत्कृष्ट क्रिकेट प्रस्तुत गर्ने । त्यो खेल सबैले हेरिरहेका हुन्छन् । हाम्रो लक्ष्य उत्कृष्ट क्रिकेट खेल्ने नै हो’, रोहित पौडेल नेपालको कप्तान ।

नेपालको सम्भावित प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

नेपालको एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.