default_image

2 years ago

August 29, 2023

पाकिस्तानी तीव्र गतिको बलिङसामु नेपालको परिक्षा

4328 views

0 Bookmark

एजेन्सी – नेपालले बुधबार एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दै डेब्यू गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३: ४५ मा मुल्तान रंगशालामा हुनेछ ।

नेपालले टस हार्दा र वा जित्दा दुबैमा पहिला बलिङ गर्ने सम्भावना बढी देखिन्छ । वर्तमान ओडिआई विश्व वरियताको शीर्ष टोली पाकिस्तानसँग सुपरस्टार खेलाडीको बाहुल्यता छ । कप्तान बाबर आजम, मोहम्मद रिजवान र फखार जमान ब्याटिङका स्टार हुन् । बाबर आजमलाई वर्तमान समयका विश्व क्रिकेटकै उत्कृष्ट ब्याटर भन्ने गरिन्छ । पाकिस्तानको मुख्य खुबी भनेको नै तीव्र गतिको बलिङ आक्रामण हो ।

हाल पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण विश्वकै उत्कृष्ट मानिन्छ । पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्डको तीव्र गतिको बलिङ सधैं हतियार मानिन्छ । पाकिस्तानले २०२१ को टि२० विश्वकपमा सेमिफाइनल र २०२२ को टि२० विश्वकपको फाइनल खेल्नुको मुख्य कारण तीव्र गतिको बलिङ आक्रामण प्रमुख कारण हो ।

बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह पाकिस्तानको पहिलो रोजाईमा खेल्नेछन् । अफ्रिदी विश्व क्रिकेटका हालका उत्कृष्ट बलर हुन् । उनको गति, योर्कर र इनस्वींग बलको सामना गर्न विश्वस्टार ब्याटरलाईनै कठिन पर्दै आएको छ ।

२०२१ को टि२० विश्वकपमा भारतविरुद्ध उनको प्रदर्शन एक उदाहरण हो । विराट कोहली, लोकेश राहुल र रोहित शर्मा जस्ता ब्याटर निराश हुनु परेको थियो । विश्वका सबै चर्चित ब्याटर अफ्रिदीको गति र इनस्वींग बल खेल्न संघर्ष गर्दै आएका छन् ।

अफ्रिदीले १ सय ५५ प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्ने गर्दछन् । उनको त्यो गतीसँगै इनस्वींग र योर्कर बल कमै ब्याटरले चाल पाउन सक्छन् । नयाँ बलका साथ अफ्रिदीले सुरुवात गर्नेछन् । अर्को एन्डबाट स्वींग, बाउन्स र उछालका साथ नसिम शाहले दबाबमा राख्दने गर्दछन् । नसिम पनि १ सय ५२ प्रतिघण्टाको गतिमा बलिङ गर्ने खुबी राख्छन् ।

हरिस रौफ वर्तमान पाकिस्तान टोलीको सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । उनले प्रतिघण्टा १ सय ५५ माथि किलोमिटरको गतिमा बलिङको क्षमता राख्छन् । उनी गतिसँगै योर्कर, एन्थ र लाइनमा बढी बल राख्ने गर्दछन् ।

२०१९ को एकदिवसीय विश्वकप यता पाकिस्तानका तीव्र गतिका बलरले मात्रै ३० खेलमा १ सय ६६ विकेट लिएका छन् । अघिल्लो साता पाकिस्तानले अफगानिस्तानलाई पहिलो ओडिआईमा मात्रै ५९ रनमा अल आउट गरेको थियो । सबै तीव्र गतिका बलरले विकेट लिएका थिए ।

तीव्र गतिका बलरविरद्ध नेपाली ब्याटरको इतिहास राम्रो छैन । नेपालले औसतमा १३०/३५ को बलिङ गतिमा रन बनाउन संघर्ष गर्दै आएको छ । नेपाली ब्याटरले स्पिन उत्कृष्ट खेल्दा तीव्र गतिका बलरमा संघर्ष गर्दै आएका छन् ।

अघिल्लो महिला एसिसी इमर्जिङ टिम्स एसिया कप र विश्वकप छनोटमा विपक्षी टोलीका तीव्र गतिका बलर हाबी बनेका थिए । पाकिस्तान ए का दोस्रो रोजाईका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीले नेपालको ब्याटिङ धरासयी बनाएका थिए ।

दाहानीले पाँच र जुनियरले चार विकेट लिएपछि नेपाल १ सय ७९ रनमा अल आउट भएको थियो । पावर प्लेमा नेपाल ३९-६ को दयनीय अवस्थामा पुगेको थियो । सोमपाल कामीले तल्लोक्रममा ७५ रन बनाउँदै साख जोगएका थिए । औसतमा जुनियर र दाहानीको बलिङ गति १४० को आसपासमा हुने गर्दछ ।

विश्वकप छनोटमा नेदरल्यान्ड्सका लोगन भान बीक, युएईका मोहम्मद जवादुल्लाह, स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन र क्रिस सोल जस्ता बलर हाबी हुँदै आएका छन् । वेस्टइन्डिजका अल्जारी जोशेफ र स्कटल्यान्डका क्रिस सोल नेपालले सामना गरेका हालसम्मका सर्वाधिक गतिका बलर हुन् । यी दुई बलर प्रतिघण्टा १४५/५० को आसपासमा गर्ने गर्दछन् ।

पाकिस्तानको बलिङ आक्रामण नेपाली ब्याटरले सामना गर्ने हासम्मकै उच्च गतिको हुनेछ । दुवै एन्डबाट लगातार १ सय ४५ माथिको गतिको सामना गर्नुपर्ने हुन्छ । नेपाली ब्याटरलाई पाकिस्तानी बलरको गतिको चाल पाउन कठिन पर्नसक्छ । गति मात्रै होईन पाकिस्तानी बलरमा स्वींग, बाउन्स र उछाल पनि त्यतिनै हुने गर्दछ ।

नेपालका कप्तान रोहित पौडेलले एसिया कप खेल्न जानुअघि सर्ट बलका लागि विशेष तयारी गरिरहेको बताएका थिए । ‘पहिला हामी त तयार छौं । सर (मोन्टी देशाई) ले भनेजस्तै सर्ट बलमा पुल हान्न नसकेपनि अरु सर्टहरु हान्न सकिन्छ कि । १५ दिनदेखि क्याम्प नभएपनि त्यो कुरामा सबै खेलाडी आफैं आएर मिहिनेत गरेका थिए । पक्कैपनि त्यसको नतिजा आउने खेलहरुमा देखिन्छ । सरसँग त्यो सर्टहरु कसरी खेल्ने भनेर हामी ग्रुपमा छलफल गरि राखेका हुन्छौं । मलाई लाग्छ हामीले तयार गरेका छौं र आउने दिनमा राम्रो नतिजा आउँछ’, रोहितले सर्ट बल बारे भनेका थिए ।

नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली ब्याटरले कमजोर बललाई धर्यता गरेर खेल्नु पर्ने बताउँछन् । ‘हामीले एउटा राम्रो अवसर पाएका छौं । विश्वको नम्वर वान टोलीसँग खेल्दै छौं । खेलाडीमा फरक किसिमको जोश छ । खेलाडीले जिम्मेवारी लिनुपर्छ । उनीहरुको राम्रो बललाई सम्मान र नराम्रो बलमा रन बनाउनु पर्यो । ५० ओभर नै खेल्ने जिम्मेवारी लिएर खेलेपछि त्यति साह्रो गाह्रो नहोला’, टमाटाले भने ।

पहिला पनि गति खेलेको टमाटा बताउँछन् । ‘हाम्रो केटाहरुले पहिला पनि पेश खेलेको छ । वेस्टइन्डिजसँग खेलेको छ । राम्रो बललाई सम्मान गरेर खेल्यौ भने हामी राम्रो खेल्न सक्छौं । तर अलिकति आक्रामक बन्न खोज्यौ भने नराम्रो गर्न सक्छौं । हामीले उनीहरु र तीव्र गतिको बलरलाई सम्मान त दिनै पर्छ । हामीले नराम्रो बलको धैर्यता गर्न सक्नुपर्छ’, टमाटाले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.