default_image

11 months ago

August 29, 2023

‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा

4981 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कपमा नेपाललाई भन्दा बढी दबाब पाकिस्तान र भारतलाई हुने बताएका छन् । एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ ।

‘अगाडिनै यो ब्याटर छ मैले कहाँ बलिङ गर्नी भनेर भन्दा पनि आफ्नो लेन्थ, लाइन र मानसिकतामा ध्यान दिनुपर्यो । मैले मेरो स्पेलमा यति रन दिन्छु भनेर खेल्यो भने हामी सफल हुन्छौं । हामी भन्दा बढी दबाब उनीहरुलाई नै हुन्छ । क्रिकेटमा के हुन्छ भन्न सकिदैन । हामी भन्दा दबाब उनीहरुलाई हुदा रमाएर क्रिकेट खेल्नु पर्यो । च्याम्पियन टोलीहरुलाई सम्मान त दिनुपर्छ । फिल्डिङ, बलिङ र ब्याटिङमा नेपाल पनि कोही भन्दा कम छैन भनेर देखाउनु पर्यो’, टमाटाले हाम्रो खेलकुदसँग भने ।

नेपालले बुधबार पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ : १५ मा खेल्नेछ । पाकिस्तानको टोलीमा शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ जस्ता उत्कृष्ट तीव्र गतिका बलर छन् । नेपालले पहिलो पटक पाकिस्तानी विश्वस्तरीय बलरविरुद्ध खेल्दैछ । टमाटाले नेपाली ब्याटरले कमजोर बललाई धर्यता गरेर खेल्नु पर्ने बताउँछन् ।

‘हामीले एउटा राम्रो अवसर पाएका छौं । विश्वको नम्बर वान टोलीसँग खेल्दै छौं । खेलाडीमा फरक किसिमको जोश छ ,’उनले भने, ‘ खेलाडीले जिम्मेवारी लिनुपर्छ । उनीहरुको राम्रो बललाई सम्मान र नराम्रो बलमा रन बनाउनु पर्यो । ५० ओभर नै खेल्ने जिम्मेवारी लिएर खेलेपछि त्यति साह्रो गाह्रो नहोला।’

उनी नेपाली ब्याटरहरुले पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण खेल्न सक्ने बताउँछन् । ‘हाम्रो केटाहरुले पहिला पनि पेश खेलेको छ । वेस्टइन्डिजसँग खेलेको छ । त्यति पेश थिएन होला । तर १३०/३५ को पेश खेलेको छ । त्यहिँ हो हामी मुल्तानमा गएर खेल्दै छौं । विकेट सबै नयाँ छ । हामीलाई तीव्र गतिको पिचमा गाह्रो हुनसक्छ, उनले भने । त्यसैमा थपे ‘राम्रो बललाई सम्मान गरेर खेल्यौ भने हामी राम्रो खेल्न सक्छौं । तर अलिकति आक्रामक बन्न खोज्यौ भने समस्या आउन सक्छ । हामीले उनीहरु र तीव्र गतिको बलरलाई सम्मान त दिनै पर्छ । हामीले नराम्रो बलको धैर्यता गर्न सक्नुपर्छ’।

नेपाली ब्याटरले धैर्यता देखाउन सक्नुपर्ने उनले बताए । ‘खेलाडीमा धैर्यता हुनुपर्छ । हामीले ५० ओभर क्रिकेट खेल्ने सोचले खेल्नुपर्यो । हाम्रो ६–७ नम्बरसम्म ब्याटिङ छ । फिल्डमा उत्रेपछि जित्नको लागि खेल्ने हो । हामीले बोर्डमा राम्रो सम्मानजनक योगफल बनाउनुपर्छ । यति होकी नेपाली खेलाडी सोचे भन्दा कम छैनन् भनेर देखाउने हो । भोली त विश्वले हेर्ने हो । कुनै एउटा टिमले हेर्ने होईन । नेपाल के हो भनेर विश्वले हेर्ने हो । प्रमाणित गर्ने बेला पनि छ’, उनले भने ।

‘कुनै एक खेलाडीले ब्यक्तिगत रुपमा देखाउँदा विश्वमै देखिने कुरा हो । टिमले राम्रो गर्छ भने त्यो सबैलाई राम्रो कुरा हो । हामीले राम्रो अवसर पाएका छौं । त्यो हामीले फ्रिमा पाएका होईन । छनोट भएर पाएका हौं । हामी कमजोर छैनौ । हाम्रो लागि अनुभवको कुरा पनि हो’, उनले भने ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.