2 years ago
August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा बुधबार पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरुहुनेछ । उपाधिको दाबेदार पाकिस्तान नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । नेपाल भने पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।

पाकिस्तानले नेपालविरुद्ध पहिलो रोजाईको टोलीलाई नै मैदान उतार्ने सम्भावना देखिन्छ । भारतसँग शनिबार खेल हुदा पाकिस्तान नेपालसँगको खेल तयारी गर्न चाहन्छ । पाकिस्तानको ओपनर फखार जमान र इमाम उल हक हुनेछन्। जमान आक्रामक ब्याटर हुन् । इमाम इनिङ लामो खेल्न चाहन्छन् ।
२०१७ को च्याम्पियनसिप ट्रफीमा भारतलाई हराउन सानदार शतक हानेका जमानले पाकिस्तानबाट सानदार प्रदर्शन गर्दै आएका छन् । जमानले ७३ ओडिआईमा १० शतकसहित ३हजार २ सय ७ रन बनाएका छन् । जमानले २०१८ मा जिम्बावेविरुद्ध २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
दक्षिण अफ्रिकाविरुद्ध २०२१ मा १ सय ९३ रनको इनिङ खेलेका थिए । जमान टिकेपछि ठूलो इनिङका लागि चिनिन्छन् । उनी टिकेको खण्डमा एक्लै विशाल योगफल बनाउन सक्छन् ।
तेस्रो नम्बरमा बाबर आजम हुनेछन् । बाबरको क्लास र ड्राइभ हेर्न लायक हुनेछ । वर्तमान ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको विकेट लिन सहज हुनेछैन । उनले नेपालविरुद्ध ठूलो इनिङ खेल्न सक्छन् । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटरबाट नेपाली खेलाडी धेरै कुरा सिक्न खोज्नेछन् । चौथो नम्बरमा विकेटकिपर मोहम्मद रिजावन हुनेछन् ।

बाबर र रिजवानको प्रदर्शन पाकिस्तानको लागि महत्वपूर्ण हुनेछ । पाकिस्तानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा छ । पाँचौं नम्बरमा पाकिस्तानले अघा सलमान र साउद सकिल मध्य एकलाई मौका दिनेछ । पाकिस्तानले अघा सलमानलाई खेलाउने देखिन्छ ।
अनुभवी ब्याटर इफ्तिखार अहमद पाकिस्तानका फिनिसर हुन् । उनी छैटौं नम्बरमा खेल्नेछन् । इफ्तिखार स्पिन बलिङ राम्रो गर्ने गर्दछन् । सातौं नम्बरमा शादब खान र आठौं नम्बरमा मोहम्मद नवाज हुनेछन् । यी दुई स्पिनर तल्लोक्रमका ब्याटर हुन् । स्पिन आक्रामणमा महत्वपूर्ण भूमिका हुनेछ । शादब टोलीका उपकप्तान समेत हुन् । जिम्मेवारी समेत हुनेछ ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी राम्रो ब्याटिङका लागि चिनिन्छन् । अफ्रिदी, हरिस रौफ र मोहम्मद नसिम हुनेछन् । यी तीन बलरमा गति छ । सबैले लगातार प्रतिघण्टा १ सय ५० किलोमिटरको गतिमा बलिङ गर्न सक्छन् ।
अफ्रिदी गतीसँगै इनस्वींग र बाउन्सरका लागि चर्चित छन् । रौफ गतिसँगै योर्कर फाल्छन् । नसिम शाह स्वींगका लागि चर्चित छन् । अघा सलमान र इफ्तिखर अहमद पार्टटाइम स्पिनर हुन् । मुल्तानको पिच स्पिनर सहयोगी हुनसक्ने अनुमान गरिएको छ ।
पाकिस्तानको नेपालविरुद्ध सम्भावित प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]