2 years ago
August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछानेले एसिया कपमा पाकिस्तानविरुद्ध ५० औं ओडिआई खेल खेल्ने भएका छन् । नेपालले एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा मुल्तान क्रिकेट रंगाशालामा सुरुहुनेछ ।

सन्दीपले उक्त पाकिस्तानसँगको खेलबाट आफ्नो ५० औं ओडिआई खेल खेल्नेछन् । सन्दीपले ४९ ओडिआई खेलमा ३ सय ६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । २३ वर्षीय सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।
सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडिआई खेल खेल्ने तेस्रो नेपाली खेलाडी बन्नेछन् । सन्दीप ओडिआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने खेलाडी हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए ।
नेपाललाई एसिया कपमा पुर्याउन र ओडिआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडिआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।
सन्दीपपछि आरिफ शेख र सोमपाल कामीले समान ४७ ओडिआई खेल खेलेका छन् । करण केसी ४६ र कुशल भुर्तेलले ४४, आसिफ शेखले ४१, ज्ञानेन्द्र मल्लले ३७ र कुशल मल्लले २२ ओडिआई खेल खेलेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]