default_image

2 years ago

August 29, 2023

पाकिस्तानसँग खेल्नुअघि यस्तो भन्छन् कप्तान रोहित

1464 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् । नेपालले बुधबार मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानसँग नेपाली समय अनुसार दिउँसो ३ : १५ मा खेल्दैछ । त्यसअघि पत्रकार सम्मेलनमा रोहितले नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् ।

‘हामी पहिलो पटक एसिया कप खेल्दै छौं । यो ठूलो उपलब्धी हो । विशेषगरी नेपालको लागि यो सब पहिलो पटक हो । पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्न चाहन्छौं । भारतसँग पनि । हो हामी यहाँ आउन योग्य थियौं र त्यसैले यहाँ छौं । भोली हामी प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने छौं’, पाकिस्तानसँग खेल्नु अघि रोहितले भने ।

रोहितले नेपाल र पाकिस्तानको टोलीमा फरक अनुभव मात्रै बताएका छन् । ‘मलाई लाग्छ नेपाल र पाकिस्तानबीचको फरक भनेको अनुभव हो । क्षमता हेर्ने हो भने ब्याटिङ र बलिङ दुबैको उस्तै हो । पाकिस्तान अनुभवी टोली हो । त्यहिँ एकमात्रै फरक हो’, रोहितले भने ।

‘मलाई लाग्छ दुबै टोलीमा विश्वस्तरिय बलर र ब्याटर छन् । हाम्रो लक्ष्य एक बल युद्ध छ । हामी मात्रै एक बलमा केन्द्रित हुन चाहन्छौं । विपक्षी को भन्दापनि हामी एक बलमा केन्द्रित हुन खोज्नेछौं’, रोहितले भने ।

पाकिस्तानमा नेपाली टोलीलाई राम्रो स्वागत गरिएको थियो । रोहितले उक्त स्वागतमा आफूहरु रमाई राखेको बताएका छन् ।
‘पाकिस्तानमा हाम्रो राम्रो सत्कार गरिएको छ । हामी रमाई राखेका छौं । तिनीहरु राम्रो मान्छेहरु हुन् । रिजवान नेपाल गएको बेला हामीले कुराकानी गरेका थियौं । एसिया कपमा पुन भेटेका छौं । उनले आफ्नो अनुभव साटेका छन् । उत्कृष्ट खेल अघि यो राम्रो सिकाई हो’, रोहितले भने ।

‘आज मैले मुल्तानको विकेट पहिलो पटक हेरेको थियो । विकेट राम्रो छ । हामी आप्नो योजना अनुसार प्रस्तुत हुन चाहन्छौं । मलाई लाग्छ भोली राम्रो खेल हुनेछ’, रोहितले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.