2 years ago
August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा बुधबार नेपालसँग खेल्ने आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरुहुनेछ ।

उपाधिको दाबेदार पाकिस्तानले नेपालसँग खेल्नु अघिल्लो दिननै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । खेलाडीलाई स्पष्ट पार्न र मनोबल उच्च पार्न पाकिस्तानले अघिल्लो दिननै आफ्नो प्लेइङ ११ सार्वजनिक गर्दै आएको छ ।
पाकिस्तानले नेपालविरुद्ध पहिलो रोजाईको टोलीलाई नै मैदान उतार्ने भएको छ । पाकिस्तानको ओपनर फखार जमान र इमाम उल हक हुनेछन्। जमान आक्रामक ब्याटर हुन् । इमाम इनिङ लामो खेल्न चाहन्छन् ।
तेस्रो नम्बरमा बाबर आजम हुनेछन् । बाबरको क्लास र ड्राइभ हेर्न लायक हुनेछ । वर्तमान ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको विकेट लिन सहज हुनेछैन । उनले नेपालविरुद्ध ठूलो इनिङ खेल्न सक्छन् । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटरबाट नेपाली खेलाडी धेरै कुरा सिक्न खोज्नेछन् । चौथो नम्बरमा विकेटकिपर मोहम्मद रिजावन हुनेछन् ।
पाँचौं नम्बरमा पाकिस्तानले अघा सलमानलाई मैदान उतार्ने भएको छ । अनुभवी ब्याटर इफ्तिखार अहमद पाकिस्तानका फिनिसर हुन् । उनी छैटौं नम्बरमा खेल्नेछन् । इफ्तिखार स्पिन बलिङ राम्रो गर्ने गर्दछन् । सातौं नम्बरमा शादब खान र आठौं नम्बरमा मोहम्मद नवाज हुनेछन् ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी राम्रो ब्याटिङका लागि चिनिन्छन् । अफ्रिदी, हरिस रौफ र मोहम्मद नसिमलाई तीव्र गतिको बलरको रुपमा खेलाएको छ ।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]