default_image

11 months ago

August 30, 2023

नेपालले आज पाकिस्तानसँग खेल खेल्दै

2130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ ।

नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

नेपालले एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता पाकिस्तानसँग खेल्दा नेपाललाई कुनै दबाब हुनेछैन ।

नेपाललाई गुमाउनु केहि छैन । नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउन चाहन्छ । एसिया कपमा राम्रो गर्न सके नेपाली खेलाडीलाई विदेशी फ्रेन्जाइज लिगमा अवसर हरु खुल्न सक्छन् ।

मुल्तानमा नेपालले ब्याटिङमै ध्यान दिनुपर्ने हुन्छ । पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण वर्तमान समयमा विश्वकै उत्कृष्ट छ । शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको गती झेल्न सहज हुनेछैन । नेपाली ब्याटरको अग्नी परिक्षा हुनेछ । यी तीन खेलाडी प्रतिघण्टा १ सय ५० किलोमिटर माथिको बल लगातार गर्ने क्षमता राख्छन् ।

रौफ १ सय ५५ माथिको बलिङ गर्ने गर्दछन् । स्वींग, बाउन्स र गती तीनै हुँदा नेपाली ब्याटर समस्यामा पर्नसक्छन् । यदि यी तीन बलर झेल्न सके नेपालले राम्रो ब्याटिङ गर्न सक्छ । पछिल्लो समय सर्ट बल र बाउन्सरमा नेपाली ब्याटरले संघर्ष गर्दै आएकोछ ।

पाकिस्तानको स्पिन आक्रामणमा शादब खान र मोहम्मद नवाज छन् । नेपालले स्पिन आक्रामण सधैं राम्रो खेल्दै आएकोछ । नेपालका कप्तान रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले खेलमा उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ । कप्तान रोहितबाट नेपाल जिम्मेवारी इनिङ खेल्न चाहन्छ ।

नेपालले भीम सार्की र अर्जुन साउद मध्य एकलाई खेलाउनेछ । तेस्रो नम्बरमा विकेटकिपरको रुपमा अर्जुनलाई खेलाउने सम्भावना छ । आसिफको किपिङ राम्रो नहुँदा अर्जुनलाई मौका दिने सम्भावना देखिन्छ । अर्जुनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध ४८ रन बनाउँदै राम्रो सम्भावना देखाएका थिए । कुशल मल्ल र गुलशन झा आक्रामक ब्याटर हुन् ।

कुशल मल्ल स्पिन राम्रो खेल्ने गर्दछन् । गतवर्ष पाकिस्तानमा जुयिनर यू१९ क्रिकेट खेलेको हुँदा कुशललाई कन्डिसनको बारे थाहाछ । नेपाल ओपनर आसिफ र कुशल भुर्तेलबाट राम्रो सुरुवात चाहन्छ । यी दुई ओपनरले तीन पटक शतकीय साझेदारी गरेका छन् ।

जसमा जिम्बावेविरुद्ध नेपालको कुनैपनि विकेटका लागि सर्वाधिक उच्च १ सय ७१ रनको साझेदारी गरेका थिए । नेपालको ब्याटिङमा गहिराईछ । प्लेइङ ११ मा पर्ने सबै खेलाडी ब्याटिङबाट जिताउन सक्छन् । ९ नम्बरसम्म भरपर्दा ब्याटर छन् । त्यसैले खराब सुरुवात गर्दा राम्रो पूनरागमन गर्नसक्छ ।

सोमपाल कामी र करण केसी तीव्र गतिका बलर हुन् । गुलशन तेस्रो रोजाईमा खेल्नेछन् । सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । सन्दीपसँग विश्वका लगभग सबै विदेशी लिग र स्टार खेलाडीविरुद्ध खेलेको अनुभव छ । त्यो अनुभवको उनले भरपूर्ण फाइदा उठानुपर्छ । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् ।

नेपाल बिना दबाब उच्च मनोबलका साथ खुलेर खेल्न सक्नुपर्छ । नेपाललाई गुमाउनु केहि छैन । यदि नेपालले जादुमयी प्रदर्शनका साथ जित निकाल्छ भने त्यो विश्वकप जिते भन्दा कम हुनेछैन ।

पाकिस्तानले नेपालसँग खेल्ने आफ्नो प्लेइङ ११ नै सार्वजनिक गरेको छ । प्रमुख खेलाडीलाई मैदान उतार्ने भएको छ । ओपनर फखार जमान र इमाम उल हक छन् । जमान नेपाललाई घातक बन्न सक्ने ब्याटर हुन् । २०१८ मा जिम्बावेविरुद्ध ओडिआईमा दोहोरो शतक हानेका उनी टिकेपछि ठूलो इनिङ खेल्ने गर्दछन् ।

२०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई हराउन शतक हानेका थिए । जमानले १०ओडिआई शतक हानेका छन् । उनी सुरुवात देखी नै आकामक क्रिकेट खेल्ने रणनीतिमा हुनसक्छन् । इमाम भरपर्दा ब्याटर हुन् ।

बाबर आजम र मोहम्मद रिजवान पाकिस्तानका प्रमुख ब्याटर हुन् । विश्व ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको विकेट हरेक नेपालीको लागि ड्रिम हुनेछ । वर्तमान विश्व क्रिकेटका बादशाह बाबरलाई आउट गर्नु नेपाली बलरलाई सामान्य उपलब्धी हुनेछैन । उनी टिकेको खण्डमा जित झन् सहज हुनसक्छ ।

पाकिस्तानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ ठूलो कमजोरी हो । नेपालले त्यसको भरपूर्ण फाइदा उठानउन सक्नुपर्छ । सलमान अघा, शादब र नबाजमा पाकिस्तान निर्भर छ । अफ्रिदी पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

नेपालले ठूला टेस्ट टोलीसँग कमै मात्रैमा खेल्दै आएको छ । नेपालले हालसम्म टेस्ट टोलीको रुपमा ओडिआई वेस्टइन्डिज, जिम्बावे र आयरल्यान्डसँग मात्रै खेलेको छ । त्यो पनि नेपालले दुई महिना अघि विश्वकप छनोटमा खेलेको थियो । अनुभवको कमी नेपाललाई केहि घातक बन्नसक्छ । तर मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि एकै टोलीलाई निरन्तर खेलाउँदै आएका छन् । जुन नेपालको शक्ति बन्नसक्छ ।

नेपालका कप्तान रोहितले एक बल युद्धमा ध्यान दिने र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् ।

‘मलाई लाग्छ दुबै टोलीमा विश्वस्तरिय बलर र ब्याटर छन् । हाम्रो लक्ष्य एक बल युद्ध छ । हामी मात्रै एक बलमा केन्द्रित हुन चाहन्छौं । विपक्षी को भन्दापनि हामी एक बलमा केन्द्रित हुन खोज्नेछौं’, रोहितले भने ।

पाकिस्तानका कप्तान बाबरले नेपाललाई कमजोर रुपमा नलिने बताएका छन् ।

‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज लिन हुँदैन । हामी पुरा योजना बनाउने छौं । बाँकी टोली अनुसार नै योजना बनाएर अघि बढ्ने छौं । नेपालको टोली देखेका छौं । नेपालको कमजोरी र बलियो पक्षमा कुराकानी गरेका छौं’, बाबरले नेपालबारे भने ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद ९विकेटकिपर० र मौसम ढकाल ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.