2 years ago
August 30, 2023
एजेन्सी – नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने भएको छ । नेपालले एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बन्नेछ ।

नेपाल भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बन्नेछ । एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।
एसियन क्रिकेट काउन्सिल एसिसीले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दछ । एसिया कप एकदिवसीय वा टि२० भने विश्वकपमा भरपर्ने गर्दछ । यस पटक आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ । त्यसैले एसिया कप पनि एकदिवसीय हुन लागेको हो ।
विश्वका पावर हाउससँग एक एसोसिएट टोलीलाई समेत खेल्ने अवसर दिन्छ । युएईले २००४, २००८ र २०१६ मा एसिया कप खेलेको थियो । हङकङले २००४, २००८, २०१८ र २०२२ मा एसिया कप खेलेको थियो ।
एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । भारतले १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६ र २०१८ गरि ७ पटक एसिया कपको उपाधि जितेको छ ।
श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को संस्करण गरि ६ पटक उपाधि जितेकोछ । पाकिस्तानले २००० र २०१२ मा एसिया कपको उपाधि जितेको थियो । बंगलादेश २०१२, २०१६ र २०१८ को फाइनलमा पुगेर हार्न पुगेको थियो । अफगानिस्तानले सुपर फोरसम्म मात्रै स्थान बनाउन सकेको छ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]