2 years ago
August 30, 2023
एजेन्सी – बंगलादेशका स्टार विकेटकिपर ब्याटर लिटन दासले एसिया कप गुमाउने भएका छन् । भाइरल ज्वरोको कारण लिटन दासले एसिया कप गुमाउने बंगलादेशले जनाएको छ । योसँगै बंगलादेशलाई एसिया कपमा ठूलो झड्का लागेको छ ।

दास आक्रामक ब्याटिङका लागि चिनिन्छन् । २०१८ को एसिया कपमा फाइनलमा लिटन दासले १ सय १७ बलमा भारतविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । गतवर्ष टि२० विश्वकपमा उनले भारतविरुद्ध २७ बलमा ६० रनको आक्रामक इनिङ खेलेका थिए ।
२८ वर्षीय उनलाई यस सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सले समेत किनेको थियो । उनले बंगलादेशबाट ३९ टेस्ट, ७२ ओडिआई र ७३ टि२० आई खेल खेलेका छन् ।
दासको स्थानमा बंगलादेशले अनामुल हकलाई टोलीमा समेटेको छ । ३० वर्षीय विकेटकिपर हकले बंगलादेशबाट ४४ ओडिआई खेल खेलेका छन् । जसमा ३ शतक र ५ अर्धशतक सामेल छ । उनी २०२२ डिसेम्बरपछि बंगलादेशको टोलीमा परेका हुन् ।
बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन् । नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । बंगलादेशले ३१ अगष्टमा श्रीलंका र ३ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सुपर फोरमा स्थान बनाउनेछ ।
बंगलादेशको टोली :
सकिब अल हसन (कप्तान), नाज्मुल हसन सान्टो, तवहिद हृदोय, मुश्फिकुर रहिम, अफिफ हुसैन, मेहेदी हसन मिराज, तस्किन अहमद, हसन महम्मद, मुश्ताफिजुर रहमान, शोरिफुल इस्लाम, नासुम अहमद, शेख मेहेदी हसन, नैइम शेख, शमिम हुसैन, तान्जिद असन तमिम, तान्जिम हसन सकिब र अनामुल हक ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]