default_image

2 years ago

August 30, 2023

एसिया कप खेल्ने नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना दिएका हुन् । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका थिए ।

भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । नेपाल र पाकिस्तानबीच आज दिउँसो ३ : १५ मा मुल्तानमा खेल हुँदैछ । उता भारतसँग भने भदौ १८ मा खेल्नेछ ।

प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई शुभकामना दिएपनि यसअघि घोषणा पुरस्कार रकम भने हालसम्म दिएका छैनन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग समान दुई लाख, युएई र पपुवा न्युगिनीसँगको खेलमा समान तीन लाख र एसिसी प्रिमियर कपको उपाधिपछि समान ६ लाख दिने घोषणा गरेको थियो ।

तर सरकारले विभिन्न बाहनामा उक्त रकम दिन सकेको छैन । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दुई महिना अघि विश्वकप छनोट खेल्न जिम्बावे जानुअघि सार्वजनिक रुपमै उक्त पुरस्कार रकम नपाएको दुखेसो पोखेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.