3 months ago
August 30, 2023
एजेन्सी – नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा […]
एजेन्सी – नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो ।
जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । सोमपाल हरिस रौफलको बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट उत्कृष्ट क्याच आउटको शिकार हुन पुगे ।
चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए । सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए ।
तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए ।
नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नट आउट रहे ।
पाकिस्तानका शादब खानले ६.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।
त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो ।
पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । विश्व ओडिआई वरियताका बाबरले ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण सदुपयोग गरे ।
बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ थियो । बाबर ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । २९ औं ओभरको पाँचौं बलमा बाबरलाई करणले कट एण्ड बोल्ड आउट गर्ने अवसर चुकाएका थिए ।
फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले । इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गरपछि कमजोर सुरुवातका बाबजुद विशाल योगफल बनाएको थियो ।
एक समय ६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान नन स्टाइकमा अप्रत्याशित रुपमा रन आउट हुँदै पेभेलिएन फर्केका थिए ।
नेपालले सुरुवात राम्रो गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए । सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए ।
नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो । डेथ ओभरमा पुन एक पटक खराब प्रदर्शन गर्न पुग्यो । नेपालले भदौं १८ मा भारतसँग खेल्नेछ । सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जितसँगै अन्य नतिजामा निर्भर हुनुपर्छ ।
December 6, 2023
एजेन्सी – भारतीय २३ वर्षीय युवा स्पिनर रवि विश्रोई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टि२० आई वरियता बलिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । यसै साता अष्ट्रेलियाविरुद्ध पाँच टि२० आई खेलको सिरिजमा सानदार प्रदर्शन गरेपछि विश्रोई शीर्ष स्थानमा उक्लिएका हुन् । लेग स्पिनर उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै शीर्ष स्थानमा छ । […]
December 6, 2023
एजेन्सी – पाकिस्तान कप्तान शन मसूदले वार्मअप खेलमा प्राइभ मिनिस्टर–११ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । क्यानबेरामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले पहिलो दिनको समाप्तिमा ३२४–६ को अवस्थामा छ । पहिलो पटक पाकिस्तानको कप्तानी गरेका उनी २ सय ३५ बलमा १३ चौका र १ छक्कासहित १ सय ५६ रनमा क्रिजमा छन् । पूर्व कप्तान […]
December 6, 2023
एजेन्सी – क्रिकेटमा समय समयमा रोचक घटनाहरु घट्ने गर्दछन् । ढाकामा जारी बंगलादेश र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट खेलको क्रममा एक रोचक घटना घटेकोछ । ढाकामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले कमजोर ब्याटिङ गरेको छ । त्यसैक्रममा मध्यक्रमका प्रमुख ब्याटर मुश्फिकुर रहिम बल समाउन खोज्दा आउट हुन पुगेका छन् । तीव्र गतिका बलर काइल जेमिसनको […]