2 years ago
August 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल बिहान ७ ः १५ मा मलेसियको कलालाम्पुरमा रहेको बायुमास ओभलमा सुरु हुनेछ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन् ।
नेपाल घरेलु टोली मलेसियालाई हराउँदै विश्वकप छनोटमा सानदार विजयी सुरुवात गर्न चाहन्छ । अघिल्लो साता नेपाल चार देश सम्मिलित महिला टि२० आई सिरिजमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।
पहिला ब्याटिङको निम्तो पाएको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उक्त रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालले पावर प्लेमा कमजोर प्रदर्शन गर्दै आएको छ । ब्याटिङक्रम भद्रगोल देखिएको थियो । कप्तान रुविना क्षेत्री बेलबासे, उपकप्तान इन्दु बर्मा र अनुभवी अलराउन्डर सीता रानामगर टोलीका प्रमुख खेलाडी हुन् ।
यी तीन खेलाडीको प्रदर्शनमा नेपालको नतिजा निर्भर रहनेछ । यी तीन ब्याटरबाट नेपाली टोली उत्कृष्ट प्रदर्शन चाहन्छ । सम्झना खड्का र पुजा महतोबाट पनि नेपालले अपेक्षा गर्नेछ । डेब्यू सिरिजमा युवा लेगस्पिनर खुशी डंगोलले पनि राम्रो प्रभाव छाडेकी छिन् ।
तीव्र गतिकी बलर कविता कुँवर र अश्मिना आचार्यको जोडी मलेसियालाई घातक बन्नसक्छ । उता मलेसियाकी ऐना हमिजाह हाशिम, वान जुलिया, मास एलिसा, महिरान इजाती इस्माल प्रमुख खेलाडी हुन् ।
नेपालको टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]