2 years ago
August 31, 2023
एजेन्सी – कप्तान मिचेल मार्श र हिटर टिम डेविडको सानदार ब्याटिङमा अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १ सय ११ रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा १ सय १५ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका ओपनर टेम्बा बभुमाले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । टेम्बा बभुमा डक, रास्सी भान डर डुसेन २१, एडेन माक्ररम ७, डेवाल्ड ब्रेभिस ५, ट्रिस्टन स्टब्स डक र मार्को यानसन २० रनमा आउट भए ।
अष्ट्रेलियाका मार्कस स्टोइनिसले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । डेब्यू खेल खेलेका स्पिनर तनवीर संघाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पेन्सर जोनसनले दुई र शन एबोटले एक विकेट लिए ।
त्यसअघि डुर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनायो । अष्ट्रेलियाका कप्तान मिचेल मार्शले ४९ बलमा १३ चौका र २ छक्कासहित ९२ रनको योगदान दिए । टिम डेविडले २८ बलमा ७ चौका र ४ छक्कासहित ६४ रन बनाए ।
डेब्यू खेल खेलेका आरोन हाडर््ली १४ बलमा ३ चौका र १ छक्कासहित २३, म्याथ्यु शर्ट २०, जोश इंग्लिस १ र मार्कस स्टोइनिस ६ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका लिजाड विलियम्सले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । मार्को यानसन, जेरार्ड कोट्जी र तबरेज शाम्सीले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]