2 years ago
August 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियामाथि पाँच रनको नाटकीय जित हात पारेको छ । मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल सम्भावना मजबुत बनेको छ ।

जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाको लागि कप्तान विनीफ्रेड दुराईसिंघमले ३९ बलमा १ चौकासहित सर्वाधिक २८ रन बननाइन् । ओपनर ऐना आमिजाह १४, वान जुलिया वान रोशी २ र मास एलिसा १० रनमा आउट भइन् ।
एक समय मलेसिया सहज जिततर्फ अघि बढेको थियो । मलेसियालाई २४ बलमा जितको लागि १७ रन चाहिँदा हातमा ७ विकेट विकेट थियो । १७ औं ओभरको तेस्रो बलमा महिमाह ९ रनमा रन आउट भइन् । लगत्तै अर्को बलमा विनीफ्रेड आउट भएपछि मलेसिया दबाबमा परेको थियो ।
उक्त ओभरमा कविता जोशीले मात्रै दुई रन दिइन् । १८ बलमा जितको लागि १५ रन चाहिँएको थियो । १८ औं ओभरमा इन्दु बर्माले दुई रन दिएपछि १२ बलमा १३ रन बनाउनु पर्ने अवस्था आएको थियो । १९ ओभरमा कविताले एकरन आउटसहित दुई विकेट दिएर ३ रन दिएपछि नेपाल जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा जितको लागि मलेसियालाई १० रन आवश्यक परेको थियो ।

कविता कुँवरले नेपालको जित पक्का गरिन् । नेपालकी कविता जोशीले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिएकी थिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र अश्मिना कर्माचार्यले एक एक विकेट लिए ।
त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपाली सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा रहिन् ।

सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै लज्जास्द सुरुवात गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपाली बलरलाई झिनो आशा देखाएकी थिइन् ।
छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा १ चौकासहित १७ रनमा आउट भइन् । अप्सरी र सीता बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो गर्न सकेका थिएनन् ।
नेपालले पहिलो ओभरको सुरुवाती तीन बलमै ओपनर काजोल श्रष्ठ, सम्झना खाड्का र इन्दु बर्मालाई शून्यमा गुमाएको थियो । पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् ।
तेस्रो बलमा प्रमुख ब्याटर इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।

कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा २ चौकासहित १२ रनमा आउट भइन् । मलेसियाको ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।
नेपालले अव शुक्रबार बहराइन, आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]