default_image

2 years ago

August 31, 2023

नेपाली कुन बलरको स्पीड कति ?

62402 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिया कपको उद्धघाटन खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भयो । नेपाल र पाकिस्तानको स्तर अनुसार यो प्रदर्शन कुनै आश्चार्य होइन । स्वभाविक हो ।

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । पाकिस्तानले मुल्तान क्रिकेट रंगाशालामा टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५१ र इफ्तिखर अहमदले १ सय ९ रन बनाएका थिए ।

पाकिस्तानविरुद्ध नेपालको तर्फबाट सबैभन्दा बढी गतिमा सोमपाल कामीले गरे । सोमपालले अन्तिम ओभरमा इफ्तिखार अहमदलाई प्रतिघण्टा १ सय ३५ किलोमिटरको गतिमा गरेका थिए । सोमपालले १ सय ३० देखी ३३ सम्म लगातार गरेका थिए । एक पटक सबैभन्दा कम १ सय ६ को गतिमा गरेका थिए ।

करणले प्रतिघण्टा १ सय ३४ किलोमिटरको गतीमा छैटौं ओभरको अन्तिम बलमा गरेका थिए । करणले १ सय ३० को आसपासमा लगातार बल गरेका थिए । एक पटक सवैभन्दा कम प्रतिघण्टा १ सय १४ को किलोमिटरमा गरेका थिए ।

नेपालका तीव्र गतिका बलर गुलशन झाको उच्च गति प्रतिघण्टा १ सय २८ किलोमिटर रह्यो । गुलशनको कम १ सय ९ को गती थियो । नेपालका स्पिनर दीपेन्द्रसिंह ऐरीले प्रतिघण्टा १ सय १० किलोमिटरको गतिमा गरेका थिए । दीपेन्द्रले ४४ औं ओभरको चौथो बलमा उक्त गतिको बल गरेका थिए ।

दीपेन्द्रले ८५ माथिको गतिमा लगातार गरेका थिए । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको गती सर्वाधिक ९४ थियो । त्यस्तै ललित नारायण राजवंशीको ९५ र कुशल भुर्तेलले ८१ को गती उच्च रह्यो । पाकिस्तानका प्रमुख तीव्र बलरले नियमित गतीमा नेपालविरुद्ध गरेनन् । तीनै बलर प्रतिघण्टा १ सय ५० किलोमिटरको गतीमा गर्ने क्षमता राख्छन् । तर नेपालविरुद्ध १ सय ४० देखी १ सय ४५ को गतीमा गरेका थिए ।

तीव्र गतिका बलर हरिस रौफले खेलकै सबैभन्दा बढी प्रतिघण्टा १ सय ५१ किलोमिटरको गतिमा गरेका थिए । उक्त बल हरिस रौफले १५ औं ओभरको दोस्रो बलमा आरिफ शेखलाई गरेका थिए । हरिसमा आरिफले ब्याट समेत परिवर्तन गर्नु परेको थियो । शाहिन शाह अफ्रिदी र नसिम शाहले प्रतिघण्टा १ सय ४४ को किलोमिटरमा गरेका थिए । यी दुई बलरले १ सय ४० को आसपासमा लगातार बल गरेका थिए ।

बलरको गती नाप्ने प्रविधिलाई निकै महँगो पर्दछ । त्यसैले नेपालले खेल्ने अन्य खेलमा गती देखाईदैन । नेपाल मात्रै होईन एसोसिएट टोलीले खेल्ने खेलमा गति नाप्ने मिसिन विरलै प्रयोग गर्ने गरिन्छ । आधिकारीक रेकर्ड अनुसार नेपालबाट सर्वाधिक धेरै गतिमा सोमपाल कामीले गरेका छन् । सोमपालले २०१४ को टि२० विश्वकपमा अफगानिस्तानविरुद्ध प्रतिघण्टा १ सय ४१ किलोमिटरको गतिमा गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.