default_image

11 months ago

September 1, 2023

बहराइन नेपालसँग ३१ रनमा अल आउट, ६ खेलाडी शून्यमा आउट

1611 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ३२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भयो ।

बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ६ खेलाडी शून्यमा आउट भए ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । खुशी डंगोलले १.४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ दुई विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।

पुजा महतोले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् । नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो ।

July 14, 2024

भारतद्वारा जित सहित जिम्बाब्वे भ्रमण अन्त्य

एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो । आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र […]

July 13, 2024

सिन्धुपाल्चोकमा क्रिकेट प्रशिक्षक प्रशिक्षण

सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]

July 13, 2024

भारतलाई एक खेल अगावै श्रृंखला

एजेन्सी – लगातार तेस्रो खेलमा सफलता निकालेको भारतीय क्रिकेट टोलीले जिम्बाब्वे विरुद्धको टि-ट्वान्टी श्रृंखला एक खेल अगावै जितेको छ । पहिलो खेलमा हार बेहोरेको भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो । हरारेमा शनिबार भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ५३ रनको लक्ष्य भारतले […]

Success

Thank you for your time.