default_image

2 years ago

September 1, 2023

नेपालले भारतसँग खेल्ने मैदानको बारे जानकारी

5453 views

0 Bookmark

एजेन्सी – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेल्दैछ । एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित हुन पुगेको थियो । दोस्रो खेल नेपालले सोमबार भारतसँग श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ : १५ मा सुरुहुनेछ ।

नेपालले खेल्ने उक्त मैदानको दर्शक क्षमता ३५ हजार छ । बाउन्ड्री रेखा ७५ देखी ८० मिटरसम्म छ । यस खेलमा भारत र पाकिस्तानबीचको खेल पनि शनिबार हुनेछ । त्यसपछि नेपालले खेल्नेछ । बिहीबार बंगलादेश र श्रीलंकाबीचको खेल यसै मैदानमा भएको थियो ।

श्रीलंकाको कान्डीमा रहेको उक्त मैदानमा हालसम्म ९ टेस्ट, ३७ ओडिआई र २३ टि२० आई खेल भएका छन् । ओडिआईमा भएका खेलमा पहिला बलिङ गर्ने टोली ३७ मध्य २१ खेलमा विजयी भएका छन् ।

सन् २००९ मा स्थापना भएको यस मैदानमा ओडिआईमा उच्च योगफल २०१८ मा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ७ विकेट गुमाउँदै ३ सय ६३ रन बनाएको थियो । त्यस्तै श्रीलंकाले जिम्बावेविरुद्ध २०११ मा ३ सय २७ रन बनाएको थियो । १२ इनिङमा ३ सय माथि रन बनेको छ ।

यस मैदानमा ओडिआईमा श्रीलंकाका पूर्व ओपनर तिलकरत्ने दीलशानले १५ खेलमा ५ शतकसहित कुल ९ सय ३९ रन बनाएका छन् । कुमार सांगाकारा, उपुल थरंगा, वर्तमान कप्तान दाशुन शानका, दक्षिण अफ्रिकाका हासिम आमला, रिजा हेन्ड्रिक्स, न्युजिल्यान्डका रस टेलर, इंग्ल्यान्डका जो रुट, भारतका रोहित शर्मा, जिम्बावेका सन विलियम्स, अष्ट्रेलियाका डेविड वार्नर, वेस्टइन्डिजका मार्लोन स्यामुएलले एक एक शतक हानेका छन् । अफगानिस्तानका इब्राहिम जद्रानले दुई ओडिआई शतक यसै मैदानमा हानेका छन् ।

यस मैदानमा ओडिआईमा सर्वाधिक विकेट लासिथ मलिङ्गाले १६ खेलमा २४, थिसेरा परेराले १७ खेलमा १८ विकेट लिएका छन् । ओडिआई यस मैदानमा एकै खेलमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल जोनसन, थिसेरा परेरा, इंग्ल्यान्डका क्रिस वोक्स र श्रीलंकाका स्पिनर धनन्जय डि सिल्भाले ६-६ विकेट लिएका छन् ।

टि२० आईमा २०१६ मा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध यसै मैदानमा २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । ग्लेन म्याक्सवेलले ६५ बलमा १४ चौका र ९ छक्कासहित १ सय ४५ रनको इनिङ खेलेका थिए ।

कस्तो छ पिच ?

यस मैदानको पिचमा रन बनाउन कठिन देखिन्छ । एसिया कपको दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई १ सय ६४ रनमा अल आउट गरेको थियो । सकिब अल हसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । पिच केहि स्वलो हुँदा ब्याटिङ गर्ने निर्णय लिएका थिए । बंगलादेश र श्रीलंकाबीचको खेलमा यस मैदानमा स्वलो, टर्न र स्वींग देखिएको थियो ।

खेलपछि सकिबले यस पिच ३ सय रन बन्ने विकेट नभएको बताएका थिए । २२०–२३० रन जितको लागि पर्याप्त हुन सक्ने सकिबले दाबी गरेका थिए । त्यसैले यस पिचमा रन बनाउन कठिन देखिन्छ । स्पिनर हाबी हुनसक्छन् ।

बल स्वलो र टर्न हुँदा नेपालका सन्दीप, ललित र दीपेन्द्रले राम्रो फाइदा उठाउन सक्छन् । भारतका कुलदीप यादव, अक्षर पटेल र रविन्द्र जडेजा हाबी हुनसक्छन् । तीव्र गतिका बलर बाउन्समा यस पिचमा बढी प्रभावकारी हुने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.