2 years ago
September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का र उमेश पियाबीच निर्वाचन हुने भएको छ । ललितपुरको धोबीघाटमा जारी बागमती दोस्रो अधिवेशनबाट निर्विरोध अध्यक्ष चयन हुन नसकेपछि चुनाव हुने भएको छ ।

चुनाव केहि समयमा सुरु हुँदैछ । पारस काठमाडौँ जिल्ला क्रिकेट संघबाट सदस्य हुँदै र पिया चितवनबाट प्रतिनिधिको रुपमा आएका हुन् । उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री र रुपक रञ्जित भिड्नेछन् ।
सचिव पदमा पारस पक्षबाट ललितपुरका प्रशन्न शाक्य र पिया पक्षबाट प्रज्वल सापकोटा भिड्दैछन् । त्यस्तै कोषाध्यक्षमा भक्तपुरका सञ्जय बस्नेत र चितवनका विजय बोहोरा भिड्नेछन् ।
सदस्यहरुमा अजय विर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, नीराराजोपाध्याय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुब शर्मा, अरुण खतिवडा, अनुपमान श्रेष्ठ, सुरज शिलवाल, रामधन ढकाल र पारस अधिकारी छन् ।
बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले एक साताअघि पारसलाई समर्थन गर्ने बताएका थिए । चितवन र नुवाकोट भने पारसको विपक्षीमा लड्ने जनाएका थिए ।
बागमती प्रदेशमा कुल ३७ मत छ । हरेक जिल्लाबाट ४ प्रतिनिधिले भोट हाल्न पाउनेछन् । बागमती प्रदेश कार्यसमितिका १३ जनाले भोट हाल्न पाउनेछन् ।
बागमती प्रदेशका अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ सदस्यले पारसलाई अध्यक्षको लागि साथ दिने बताएका थिए । यदि पारसले चार जिल्ला र प्रदेशबाट प्रतिवद्धता अनुसार भोट पाएमा २३ मत प्राप्तका साथ विजयी हुने सम्भावना देखिन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]