default_image

2 years ago

September 1, 2023

भारतसँग खेल्ने पाकिस्तानको प्लेइङ-११ घोषणा

2761 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले एसिया कपमा भारतसँग खेल्ने आफ्नो प्लेइङ-११ घोषणा गरेको छ । भारत र पाकिस्तानबीचको खेल शनिबार दिउँसो ३ : १५ मा पालेकेले क्रिकेट रंगशालामा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको थियो । उक्त खेलमा कप्तान बाबर आजमले १ सय ५१ र इफ्तिखार अहमदले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए । शादब खानले चार विकेट लिएका थिए ।

नेपालको खेलबाट पाकिस्तानले टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । पाकिस्तानले आफ्ना खेलाडीमा अन्यौल नहोस् र आत्माविश्वास बढाउन खेलको अघिल्लो दिननै प्लेइङ-११ सार्वजनिक गर्दै आएको छ । टेस्टमा केहि टोलीले पहिलानै प्लेइङ ११ घोषणा गर्ने गर्दछन् । सिमित ओभरमा भने पाकिस्तान बाहेक अन्य सबै टोलीले टस पछि मात्रै आफ्नो प्लेइङ ११ सार्वजनिक गर्ने गर्दछन् ।

पाकिस्तानको ओपनर फखार जमान र इमाम उल हक हुनेछन्। जमान आक्रामक ब्याटर हुन् । इमाम इनिङ लामो खेल्न चाहन्छन् । नेपालसँगको खेलमा भने यी दुबै ओपनर चल्न सकेका थिएनन् । इमाम ५ रनमा रन आउट हुँदा फखार करण केसीको बलमा १४ रनमा क्याच आउट भएका थिए ।

तेस्रो नम्बरमा बाबर आजम हुनेछन् । बाबरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । वर्तमान ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको विकेट लिन सहज हुनेछैन । चौथो नम्बरमा विकेटकिपर मोहम्मद रिजवान हुनेछन् ।

रिजवान नेपालसँगको खेलमा ४४ रनमा रन आउट भएका थिए । बाबर र रिजवान पाकिस्तानका प्रमुख दुई ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनमा नतिजा निर्भर रहनेछ ।

पाँचौं नम्बरमा पाकिस्तानले अघा सलमानलाई मैदान उतार्नेछ । अनुभवी ब्याटर इफ्तिखार अहमद पाकिस्तानका फिनिसर हुन् । उनी छैटौं नम्बरमा खेल्नेछन् । इफ्तिखार स्पिन बलिङ राम्रो खेल्ने गर्दछन् । सातौं नम्बरमा शादब खान र आठौं नम्बरमा मोहम्मद नवाज हुनेछन् ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र मोहम्मद नसिम प्रमुख हतियार हुन् । पाकिस्तानको मुख्य हतियार नै तीव्र गतिको बलिङ रहेको छ ।

पाकिस्तानको प्लेइङ ११ :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.