2 years ago
September 2, 2023
एजेन्सी – अनुभवी ओपनर जोनी बेयरस्टो र ह्यारी ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ९५ रनले पराजित गरेको छ । योसँगै चार खेलको सिरिजमा इंग्ल्यान्ड २–० ले अघि छ ।

जितको लागि १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १३.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । न्युजिल्यान्डका टिम सिफर्टले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३९, ग्लेन फिलिप्स २२ र मार्क च्यापम्यान १५ रनमा आउट भए । अन्य न्युजिल्यान्डका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
इंग्ल्यान्डका लागि डेब्यू खेल खेलेका युवा तीव्र गतिका बलर गस एटिकिन्सनले २.५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । आदिल राशिदले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । साम करन, बायडन केस, लियाम लिभिङस्टोन र विल ज्याक्सले एक एक विकेट लिए ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ६० बलमा ८ चौका र ४ छक्कासहित ८६ रनको योगदान दिए । विल ज्याक्स १९, डेविड मलान डक र मोईन अली ६ रनमा आउट भए । जस बटलर ८ बलमा १ छक्कासहित १३ रनमा नट आउट रहे ।
युवा ब्याटर ह्यारी ब्रुक ३६ बलमा ५ चौका र ५ छक्कासहित ६७ रनमा आउट भए । न्युजिल्यान्डका ईश सोधीले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । टिम साउथी र मिचेल सान्टनारले एक एक विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल आइतबार र चौथो खेल मंगलबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]