2 years ago
September 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ४० रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

नेपालविरुद्ध खेलमा भुटानले एकमात्रै चौका हानेको थियो । ७३ बलपछि पहिलो चौका हानेको थियो । स्पिनर कविता जोशीलाई भुटानकी डेचेनले १३ औं ओभरको दोस्रो बलमा चौका हानेकी थिइन् ।
तीव्र गतिकी बलर कविता कुँवरले पहिलो बलमै ओपनर न्गवागं चोडेनलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् । उनी स्पिनर खुशी डंगोलको बलमा आउट भएकी थिइन् ।
नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर १ विकेट लिइन् । खुशी डंगोलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २।५ ओभरमै पूरा गरेको थियो । भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनलाई ८ विकेटले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]