2 years ago
September 3, 2023
सन् २०१७, नोभेम्बर १२ नेपाली क्रिकेट जगतमा सधैं यादगार रहने दिनमा पर्छ । नेपालले विश्व क्रिकेटको पावर हाउस भारतलाई स्तब्ध पारेको थियो । नेपाल एसीसी यू-१९ एसिया कप खेल्न मलेसिया गएको थियो । पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित हुन पुग्यो ।

तर पराजित भएपनि उक्त खेलबाट नेपालले सबैभन्दा ठूलो आत्माबल पाएको थियो । बंगलादेशसँग नेपाली युवा टोली जित नजिक पुगेर हार्न पुगेको थियो । नेपाल एक बल बाँकी रहँदा दुई विकेटले पराजित भएको थियो । भारतविरुद्ध नेपालले बायोमास ओभलमा टस हार्यो र ब्याटिङको निम्तो पायो ।
नेपाललाई ओपनर आसिफ शेख तीन रनमा गुमाएको थियो । अर्को एन्डबाट ओपनर जितेन्द्रसिंह ठकुरीले इनिङ सम्हाल्न खोजेका थिए । अनिल शाह पनि ६ रनमै आउट भए । ओपनर जितेन्द्र ९५ बलमा ३ चौकासहित ३६ रन बनाउँदै आउट भए । एउटा एण्डबाट नेपालले लगातार विकेट गुमाएको थियो । तर कप्तान दीपेन्द्रसिंह ऐरीले भने रन लगातार जोडेका थिए । रोहित पौडेल ६, भीम सार्की १५, पवन सरार्फ १, कमलसिंह ऐरी ५ रनमा आउट भए ।
दीपेन्द्रले १ सय १ बलमा ६ चौका र २ छक्कासहित ८८ रनको कप्तानी इनिङ खेलेका थिए । नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । त्यो समय नेपालको बलिङ उमेर समूहकै एक उत्कृष्ट थियो । विश्व च्याम्पियन भारतले उक्त लक्ष्य सहजै पूरा गर्ने धेरैले अनुमान गरेका थिए ।
भारतले सुरुवात पनि राम्रो गरेको थियो । पहिलो विकेटका लागि कप्तान हिमान्शु राना र मनोज कार्लाले मात्रै १२.२ ओभरमा ६५ रनको साझेदारी गरेका थिए । कमलले हिमान्शुलाई ४६ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए ।
दीपेन्द्रले अथवै टैडेलाई १३ रनमा एलबीडब्लूआउट गरे । त्यो समय भारत २३ ओभरमा ९१–२ को अवस्थामा थियो । भारतले सहजै जित्ने अनुमान गरिएको थियो । तर नेपालको स्पिन आक्रामणले भारतको पुरै इनिङ नचाउन पुग्यो ।

दीपेन्द्र, साहब आलम र सन्दीप लामिछानेले भारतको मध्यक्रम र तल्लोक्रम धरासयी बनाएका थिए । भारत ४९.१ ओभरमा १ सय ६६ रनमा अल आउट भएको थियो । नेपालका दीपेन्द्रले सर्वाधिक चार, साहब र पवनले दुई दुई विकेट लिएका थिए । कमलसिंह ऐरी र सन्दीपले एक एक विकेट लिएका थिए ।
नेपालले उमेर समूहमा भारतसँग लगातार खेल्दै आएको छ । तर नेपाली क्रिकेट इतिहासमा भारतलाई हराएको त्यहिँ एकमात्रै खेल हो । अब नेपालले सोमबार आफ्नो इतिहासमा पहिलो पटक भारतसँग खेल्दैछ । नेपालको सिनियर टोलीले भारतसँग डेब्यू गर्न लागेको हो । भारतलाई त्यो समय हराउँदाका ६ नेपाली खेलाडी (दीपेन्द्र,रोहित, भीम, आसिफ, सन्दीप र किशोर) अहिले एसिया कप खेल्ने टोलीमा छन् ।
नेपालसँगको हारको कारण भारतीय युवा टोली समूह चरणबाटै बाहिरिनु परेको थियो । सोमबार यदि नेपालले जितेको खण्डमा भारत समूह चरणबाटै बाहिरिनु पर्ने समिकरण बन्नेछ । त्यो समय १४ खेलाडी मध्य जितेन्द्र, सन्दीप सुनार र प्रनित थापामगरले मात्रै नेपाली टोलीबाट डेब्यू गर्न पाएनन् । एसिया कप टोलीमा नभएका राशिद खान, कमल, साहब आलम र अनिलले नेपालको टोलीबाट खेलिसकेका छन् ।
नेपाली युवा टोलीले त्यो समय भारतलाई हराउँदा मोन्टी देशाई ब्याटिङ प्रशिक्षकको रुपमा नेपाल आएका थिए । तर यस पटक तीनै मोन्टी नेपालको मुख्य प्रशिक्षक छन् । भारतीय यू१९ टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड अहिले सिनियर टोलीका प्रशिक्षक हुन् ।
भारतसँग खेल्दा नेपाललाई गुमाउनु केहि छैन । बरु राम्रो गर्न सके अवसरमाथि अवसरका ढोकाहरु खुल्नेछन् । सबैभन्दा ठूलो अवसर भनेको इन्डियन प्रिमियर लिग(आइपिएल) मा ढोका खोल्नु हो । यदि कुनै नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्छन् भने त्यो खेलाडीलाई आइपिएल फ्रेन्चाइज टोलीले आगमी सिजनमा टोलीमा अनुबन्ध गर्न सक्छन् ।
क्रिकेटमा कुनैपनि भर हुँदैन । तर नेपाल जस्तो एसोसिएट देशले भारत जस्तो विश्वको प्रमुख टोलीलाई हराउन सामान्य प्रदर्शन गरेर हुँदैन । जादुमयी प्रर्दशननै गर्नुपर्ने हुन्छ । सम्पूर्ण नेपाली समर्थक र शुभचिन्तक नेपाली खेलाडीबाट भारतविरुद्ध पनि त्यहिँ चाहन्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]