2 years ago
September 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा सोमबार भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । तर नेपाल र भारतबीचको खेल वर्षाको कारण बाधक बन्नसक्ने सम्भावना छ ।

शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाको कारण रद्द भएको थियो । सोमबार पनि कान्डीमा वर्षाको सम्भावना छ । बिबिसी मौसम पूर्वाअनुसारका अनुसार सोमबार नेपाल र भारतबीचको खेल हुने समयमा कान्डीमा ८० देखी ७० प्रतिशतसम्म वर्षा हुने सम्भावना छ ।
खेलको समय सम्म लगातार ७० प्रतिशत वर्षाको सम्भावना हुँदा खेल बाधक बन्नसक्ने देखिन्छ । वर्षाको कारण खेल हुन नसकेको खण्डमा भारत २ अंकका साथ सुपर फोरमा पुग्नेछ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान २ खेलमा ३ अंकका साथ समूह ए बाट सुपर फोरमा पुगेको छ । यदि नेपालले भारतलाई हराएको खण्डमा भने सुपर फोरमा स्थान बनाउनेछ ।
समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]