2 years ago
September 3, 2023
एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकालाई पाँच विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । अष्ट्रेलियाले तीन टि२० आई खेलको सिरिजमा क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर ट्रविस हेडले ४८ बलमा ८ चौका र ६ छक्कासहित सर्वााधिक ९१ रनको योगदान दिए । मार्कस स्टाइनिस २१ बलमा २ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।
जोश इंग्लिस २२ बलमा १ चौका र ४ छक्कासहित ४२, मिचेल मार्श १५ र म्याथ्यु सर्ट डक आउट भए । दक्षिण अफ्रिकाका ब्यूर्जोन फोटुइन र जेराल्ड कोट्जीले दुई दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनायो । दक्षिण अफ्रिकाका लागि डेब्यू खेल खेलेका डोनोभान फेरेराले २१ बलमा १ चौका र ५ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए ।
कप्तान एडेन माक्ररम २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । ओपनर रिजा हेन्ड्रिक्स ३० बलमा २ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।
अष्ट्रेलियाका शन एबोटले ४ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]