default_image

2 years ago

September 3, 2023

नेपालका पाँच खेलाडी नै बिग ब्यास लिगमा छनोट भएनन्

3474 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियको चर्चित बिग ब्यास लिगमा नेपालका पाँच खेलाडी नै छनोट हुन सकेनन् । आज सम्पन्न बिग ब्यास लिगको ड्राफ्टमा नेपालका कुनैपनि खेलाडीलाई फ्रेन्चाइज लिगले मूल्य लगाउन तयार भएनन् । नेपालबाट स्पिनर सन्दीप लामिछानेसँगै, देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका थिए ।

सन्दीपले गत वर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए । सन्दीपले भने बिग ब्यास लिग २०१८ मा मेलबर्न स्टार्सबाट खेल्दै सुरुवात गरेका थिए । बिग ब्यास आगमी डिसेम्बर ७ देखी सुरु हुनेछ ।

ड्राफ्टमा मेलबन स्टार्सले इंग्ल्यान्डका ह्यारी ब्रुक, पाकिस्तानका हरिस रौफ र स्पिनर उस्मान मिरलाई किनेको छ । फ्रेन्चाइज टोलीले इंग्ल्यान्डका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका छन् । अफगानिस्तान, पाकिस्तान र दक्षिण अफ्रिकाबाट पनि खेलाडी विकेका थिए ।

एडिलेड स्टाइकर्सले अफगानिस्तानका राशिद खान, इंग्ल्यानडका जेमी ओभरटन र एडम होसलाई किनेको छ । होबार्ट हरिकेन्सले क्रिस जोर्डन, साम हैन र कोरी एन्डरसनलाई किनेको छ । मेलबर्न रनेगड्सले क्विन्टन डि कक र मुजिब उर रहमानलाई किनेको थियो ।

सिड्नी थन्डरले एलेक्स हेल्स र जमान खानलाई किनेको छ । सिड्नी सिक्सर्सले टम करन, जेम्स भिन्स र रेहमान अहमदलाई किनेको छ । त्यस्तै ब्रिस्बेन हेटले कोलिन मुनरो, साम बिलिंग्स र पल वेल्टरलाई किन्यो । पर्थ स्कोचर्सले ज्याक क्रली र लौरी इभान्सलाई किन्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.