2 years ago
September 3, 2023
एजेन्सी – युवा ब्याटर फिन एलेन र ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा घरेलु टोली तथा साविक विश्वकप विजेता इंग्ल्यान्डलाई ७४ रनले पराजित गरेको छ । यो जितसँगै न्युजिल्यान्डले चार खेलको सिरिज बराबरी गर्ने अवसर कायमै राखेको छ । सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि छ ।

जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १८.३ ओभरमा १ सय २८ रनमा अल आउट भयो । इंग्ल्यान्डका विकेटकिपर तथा कप्तान जस बटलरले २१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । मोईन अली २६, जोनी बेयरस्टो १२, विल ज्याक्स ११, डेविड मलान २, ह्यारी ब्रुक ८ र लियाम लिभिङस्टोन २ रनमा आउट भए ।
न्युजिल्यान्डका कायल जेमिसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कप्तान टिम साउथीले ३.३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।
त्यसअघि बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो ।

न्युजिल्यान्डका ओपनर फिन एलेनले ५३ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको इनिङ खेले ।
ग्लेन फिलिप्सले ३४ बलमा ५ चौका र ५ छक्कासहित ६९ रनको योगदान दिए ।
अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका गस एट्किन्सनले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । ल्यूक वुड र लिभिङस्टोनले एक एक विकेट लिए ।
पहिलो र दोस्रो खेलमा इंग्ल्यान्ड ७ विकेट र ९५ रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]