2 years ago
September 3, 2023
एजेन्सी – युवा ब्याटर फिन एलेन र ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा घरेलु टोली तथा साविक विश्वकप विजेता इंग्ल्यान्डलाई ७४ रनले पराजित गरेको छ । यो जितसँगै न्युजिल्यान्डले चार खेलको सिरिज बराबरी गर्ने अवसर कायमै राखेको छ । सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि छ ।

जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १८.३ ओभरमा १ सय २८ रनमा अल आउट भयो । इंग्ल्यान्डका विकेटकिपर तथा कप्तान जस बटलरले २१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । मोईन अली २६, जोनी बेयरस्टो १२, विल ज्याक्स ११, डेविड मलान २, ह्यारी ब्रुक ८ र लियाम लिभिङस्टोन २ रनमा आउट भए ।
न्युजिल्यान्डका कायल जेमिसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कप्तान टिम साउथीले ३.३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।
त्यसअघि बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो ।

न्युजिल्यान्डका ओपनर फिन एलेनले ५३ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको इनिङ खेले ।
ग्लेन फिलिप्सले ३४ बलमा ५ चौका र ५ छक्कासहित ६९ रनको योगदान दिए ।
अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका गस एट्किन्सनले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । ल्यूक वुड र लिभिङस्टोनले एक एक विकेट लिए ।
पहिलो र दोस्रो खेलमा इंग्ल्यान्ड ७ विकेट र ९५ रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]